Headline

भार्डीको दुई गोलमा लेस्टरको बिजयी सुरुवात

Published

on

ईंग्लिस प्रिमियर लिगमा आज भएको खेलमा लेस्टर सिटीले वेष्ट ब्रोमलाई २-० ले हराएको छ । लेस्टरका लागी तिमोथी क्यास्टङिनीले एक र जेमी भार्डीले दुई गोल गरेका थिए ।

पहिलो हात गोल रहित बाराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा भएका थिए ।

दोस्रो हाफको ५६ औँ मिनेटमा लेस्टरका नयाँ अनुबन्धित खेलाडी तिमोथीले गोल गरेका थिए । यस्तै दोस्रो गोल जेमी भार्डीले पेनाल्टी मार्फत गरेका थिए । उनले ७४ औँ मिनेटमा पाएको पेनल्टीलाई सदुपायोग गर्दै लेस्टरलाई २-० को अग्रता दिलाएका थिए । लेस्टरका लागि तेस्रो गोल पनि भर्डीले पेनाल्टीमै गरेका थिए । ८४ औँ मिनेटमा फेरी भार्डीले पेनाल्टीमा क्लबका लागि तेस्रो र व्यतिगत दोस्रो गोल गरेका थिए ।

भार्डी अघिल्लो २०१९\२०२० सिजनका गोल्डेन बुट बिजेता हुन् ।

गएको सिजन पाँचौ स्थानमा सिजन सक्कएको लेस्टर यस पटक भने शिर्ष चारमा आफ्नो आँखा लगाइरहेको छ । आजको जितसँगै लेस्टरले लिगमा उत्कृष्ट सुरुवात गरेको छ। आजै हुने अर्को खेलमा टोटनह्यमले एवर्टनको समाना गर्दै छ ।

Click to comment

Trending