Headline

युएस ओपनः को बन्ला ६ बर्षमा पहिलो पटक नयाँ ग्राण्ड स्ल्याम च्याम्पियन ?

Published

on

पछिल्लो ६ बर्षमा नयाँ ग्राण्ड स्ल्याम च्याम्पियनको निर्णय हुने युएस ओपनको फाइनलमा आइतबार बिहान अष्ट्रियाका डोमिनिक थिएम र जर्मनीका एलेक्जेण्डर भेरेभ भिड्दै छन् ।

२०१४ को युएस ओपन फाइनलमा क्रोएिसियाका मारिन सिलिचले जापानी केइ निसिकोरीलाई पराजित गरे यता टेनिसको सर्वाधिक ठूला चार ग्राण्ड स्ल्याम उपाधिहरु कुनै पनि नयाँ खेलाडीले जितेका थिएनन् । मुख्यत यस क्रममा सर्बियन स्टार नोभाक जोकोभिच, स्पेनका राफेल नाडार र स्विस लेजेण्ड रोजर फेडेररले मात्रै फ्रेञ्च ओपन, अष्ट्रेलियन ओपन, युएस ओपन र विम्बल्डनमा कब्जा जमाउदै आएका छन् ।

नाडालसँग दुई फ्रेञ्च ओपन फाइनल र जोकोभिचसँग यसै बर्ष जनवरीमा अष्ट्रेलियन ओपनको फाइनलमा पराजित भएका थिएम चौथो पटक ग्राण्ड स्ल्याम फाइनल खेल्दैछन् भने भेरेभ यसअघि कहिल्यै पनि सेमिफाइनल कट्न सफल भएका थिएनन् ।

फेडेरर र नाडाल दुवैले स्वास्थ्यको खतरा औलाउदै युएस ओपनबाट हात झिकेका थिए भने अभागि जोकोभिच दोश्रो चरणको खेलमा अन्जानमै लाइन जजलाई बलले प्रहार गर्न पुग्दा प्रतियोगिताबाट निकालिएका थिए । “नोभाक प्रतियोगिताबाट बाहिरिए लगत्तै यस पटक नयाँ ग्राण्ड स्ल्याम च्याम्पियन हुने स्पष्ट भइसकेको थियो,” अष्ट्रेलियन ओपन फाइनलमा पाँच सेटको सनसनीपूर्ण प्रतिस्पर्धामा जोकोभिचसँग हारेका थिएमले भने ।

“जोकोभिच आउट हुने बित्तिकै मेरो दिमागबाट त्यो निस्किसकेको थियो । म बाकी केटाहरुमा केन्द्रित हुदै उनीहरुसँग खेल्ने बिषयमा सोच्न थालिसकेको थिए,” थिएम भन्छन् । बिश्व नम्बर तीन थिएमको चौथो प्रयासमा ग्राण्ड स्ल्याम जित्ने आशामा तगारो बन्न सक्छन् २३ बर्षिय भेरेभ जो आफै पनि अष्ट्रेलियन ओपनको सेमिफाइनलमा बेहोरेको हारको बदला लिने शुरमा छन् ।

नाडाल र फेडेरर नहुदा १८ औं ग्राण्ड स्ल्यामको नजिक रहेका जोकोभिच सबैभन्दा अभाडी तरिकाले युएस ओपनबाट बाहिरिनु परेको थियो

सातौं बरियताका भेरेभले आफ्नो जुझारुपन र दृढतालाई साबित गर्दै शुक्रबार भएको पहिलो सेमिफाइनलमा स्पेनका पाब्लो करेनो बुस्टालाई दुई सेटले पछि परेको स्थितिबाट समेत पराजित गरेका थिए । “ग्राण्ड स्ल्याम सेमिफाइनलमा दुई सेटले पछि परेको बताउने स्कोरबोर्डमा मेरो ध्यान गइरहेको थियो । मसँग राम्रो खेल्ने बाहेक अन्य कुनै बिकल्प नै थिएन । मैले आफैलाई एक मौका दिए र सफल हुन पुगे,” भेरेभ सेमिफाइनलको आफ्नो मनोभाव सम्झन्छन् ।

झण्डै साढे ६ फिटका थिएम टेनिस खेल्ने सबैभन्दा अग्ला खेलाडीहरु मध्ये पर्छन् । त्यसकै फाइदा उठाउदै उनी सर्भिसमै थिएमलाई माथ दिने दाउमा हुनेछन् । युएस ओपनमा थिएमले ४१ एस प्रहार गरेका छन् भने भेरेभले सशक्त खेल देखाउदै १ सय १६ एसबाट अंक बटुलेका छन् । तर भेरेभको तुलनामा थिएमले ७० भन्दा कम नेगेटिभ अंक दिएका छन् ।

यी दुई खेलाडीबीचको पछिल्लो ९ भेटमा ७ खेल थिएमले जितेका छन् । तर यो हुदैमा थिएम भेरेभलाई कमजोर बिपक्षी मान्न चाहदैनन् ।

फाइनल शुरु हुने बित्तिकै हामीसँग जे छ सबै जित्न चाहन्छौं । म यसैमा केन्द्रित छु । उनीबिरुद्धको राम्रो रेकर्ड फाइनलमा काम लाग्छ भन्ने हुदैन । म निकै कठिन र खुला फाइनलको अपेक्षा गरिरहेको छु । शायद त्यस्तै नै हुनेछ, थिएमले भने ।

Click to comment

Trending