Headline

तीन किर्तिमान जुन धोनीले यस सिजन आईपिएलमा तोड्न सक्छन्

Published

on

भारतीय क्रिकेट टोलीका पुर्व कप्तान महेन्द्र सिंह धोनीले आफ्नो कप्तानीमा भारतको लागि ट्वान्टी ट्वान्टी विश्वकप, एकदिवसीय विश्वकप र च्याम्पियन्स ट्रफीको उपाधि दिलाए । त्यती मात्र हैन उनले चेन्नई सुपर किंग्सको लागि पनि कप्तानका रुपमा तीन पटक आईपीएलको उपाधि हात पारेका छन् ।

धोनीको टोली सधैं आईपीएलको दाबेदार मध्य एक हुने गर्दछ । यस पटक पनि सबैको आँखा धोनी र उनको टोली माथि नै हुनेछ । सन् २०१९ को एकदिवसीय विश्वकप पछि धोनी पहिलो पटक मैदानमा देखा पर्दै छन् ।

विकेट किपर, कप्तान र ब्याट्सम्यानका रुपमा धोनीले धेरै किर्तिमान आफ्नो नाममा लेखाइसकेका छन् । आज हामी तीन यस्ता किर्तिमानको कुरा गर्दैछौ जुन धोनीले केहि दिनमा शुरु हुने १३ औं संस्करणको आईपीएलमा आफ्नो नाममा लेखाउन सक्नेछन् ।

३. विकेट किपरका रुपमा एकै सिजन धेरै स्टम्पिङ्ग

समग्र आईपीएलको कुरा गर्ने हो भने सबैभन्दा धेरै स्टम्पिङ्ग को किर्तिमान महेन्द्र सिंह धोनीको नाममा नै रहेको छ । तर एक सिजन धेरै डिसमिसल गर्ने किर्तिमान भने दिल्ली क्यापिटल्सका विकेट किपर रिषभ पन्तको नाममा छ । गत सिजन पन्तले १६ खेल खेल्दै २४ डिसमिसल गरेका थिए ।

यस सिजनको आईपिएल युएईमा हुँदैछ । युएईकोे पिच स्पिनरलाई मद्धत गर्ने खालको छ । धोनी स्टम्पिङ्गको मामलामा निकै तेज छन् र स्पिनरको बलमा स्टम्पिङ्गको सम्भावना पनि धेरै हुन्छ । त्यसैले पनि यस सिजन धोनीले एकै सिजन धेरै डिसमिसल गर्ने पन्तको किर्तिमान आफ्नो नाममा लेखाउने सम्भावना धेरै छ ।

२. आईपिएलमा सर्वाधिक क्याच

१२ सिजनसम्म आइपुग्दा धोनीले ९५ क्याच लिएका छन् । सर्वाधिक क्याच लिने खेलाडीको सुचीमा धोनी, सुरेश रैना (१०२ क्याच) र दिनेश कार्तिक (१०१ क्याच) पछि तेश्रो स्थानमा रहेका छन् । यस पटकको आईपीएलमा रैना नखेल्ने भइसकेका छन् भने दिनेश कार्तिक धोनी भन्दा ६ क्याचले अगाडी रहेका छन् ।

धोनीले यस सिजन धेरै क्याच लिएको खण्डमा उनी विकेट किपरको रुपमा सर्वाधिक क्याच लिने र सर्वाधिक क्याच लिने खेलाडी दुबैको किर्तिमान आफ्नो नाममा लेखाउने छन् ।

३. १ सय ५० डिसमिसल पुग्ने पहिलो विकेट किपर

समग्र आईपीएलमा धोनीको १ सय ३३ डिसमिसल गराएका छन् । उनले हाल सम्म १३३ डिसमिसल गराएका छन् भने दोश्रो स्थानमा रहेका दिनेश कार्तिकले १३१ डिसमिसल आफ्नो नाममा लेखाएका छन् । १७ डिसमिसल गराएको खण्डमा धोनी १५० डिसमिसल पुग्ने पहिलो विकेट किपर बन्ने छन् ।

युएईमा खेल हुने भएकाले गर्दा पनि धोनीले १७ डिसमिसलका साथ यो किर्तिमान पनि आफ्नो नाममा लेखाउने प्रवल सम्भावना रहेको छ ।

Click to comment

Trending