Headline

प्रिमियर लिग : लेस्टर भर्सेस वेष्ट ब्रोम, एभर्टनको समना गर्दै टोटेनह्याम

Published

on

इंग्लिश प्रिमियर लिगको दोस्रो दिन आइतबार पहिलो खेलमा लेस्टर सिटीले वेष्टब्रोमसँग समाना गर्ने छ भने अर्को खेलमा टोटनह्याम हट्स्परले एभर्टनको समाना गर्दै छ ।

लेस्टरले च्याम्पियनसिपबाट बढुवा हुँदै आएको वेष्टब्रोमसँग अवे मैदानमा खेल्न गइरहेको हो ।

वेष्टब्रोमले लेस्टर सिटीसँग लगतार चार प्रिमियर लिग खेलमा हार ब्यवहोरेको छ । यस खेलमा लेस्टरलाई बलियो टोली आकिएको छ । वेष्टब्रोम  पनि आफ्नो प्रिमियर लिगको पहिलो खेलमा स्पष्ट तीन अंकको खोजीमा हुने छ ।

यस पटक शिर्ष चारका लागि टोटनह्याम निकै उत्साहित देखिन्छ । एभर्टन पनि नयाँ खेलाडीहरु भित्र्याउदै युरोपियन प्रतियोगिताहरुका लागि दावेदारी दिने टोली बनाइरहेको छ । जेम्स रोड्रिगेजलाई रियल म्याड्रिडबाट सस्तोमा भित्र्याउन सफल एवर्टनले आफ्नो खेल सुध्रिने आशा राखेको छ ।

अघिल्लो सिजन शिर्ष चारमा पर्न असफल टोटनह्याम यो सिजन भने बलियो देखिएको छ । टोटनह्याम एभर्टनसँग पछिल्लो अन्तिम १५ खेलमा नै अपराजित रहेको छ । टोटनह्यामले आफ्नो लगातर तीन सिजन प्रिमियर लिगको पहिलो खेलमा जित हात पर्दै आइरहेको छ । आइतबार हुने खेलमा पनि टोटनह्यामलाई निकै बलियो टोली मनिएको छ ।

नेपाली समय अनुसार लेस्टर सिटी र  वेष्टब्रोम बीचको पहिलो खेल साँझ ६:४५ मा हुने छ भने टोटनह्यामले एभर्टनसँग ९:१५ मा खेल्ने छ ।

Click to comment

Trending