Headline

अन्तर्राष्ट्रिय रेस्लरलाई फासी दिएपछि इरानको सर्वत्र निन्दा

Published

on

इरानले आफ्ना अन्तर्राष्ट्रिय रेस्लर नाभिड अफ्कारीलाई फासी दिएपछि सर्वत्र निन्दा भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले अफ्कारीको फासीले आफू बिक्षिप्त भएको उल्लेख गरेको छ ।

सन् २०१८ मा सरकारबिरोधी आन्दोलनका दौराना एक सुरक्षा गार्डको हत्या गरेको आरोपमा २७ बर्षिय अफ्कारीलाई इरानले मृत्युदण्डको सजाय सुनाएको थियो । लिक भएको एक रेकर्डिङ्गमा अफ्कारीले हत्या स्विकार्नका लागि आफूमाथि भयानक टर्चर भएको बताएको बिबिसीले जनाएको छ ।

अफ्कारीको आमाका अनुसार उनको भाइलाई पनि उनको बिरुद्ध बयान दिन दवाब दिइएको थियो । इरानी अधिकारीहरुले सबै आरोपहरुलाई अस्विकार गर्दै आइरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायत अन्य थुप्रै अन्तर्राष्ट्रिय व्यक्तित्वहरुले इरानलाई फासी रोक्न माग गरेपनि अफ्कारीलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

अफ्कारीले ओलम्पिक्समा प्रतिस्पर्धा नगरेपनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचले इरानलाई अफ्कारीमाथि दया देखाउन अपिल गरेका थिए ।

अफ्कारीको मुद्दाले सर्वत्र ध्यानाकर्षण गर्दै जादा केहीले उनलाई मृत्युदण्ड दिइएको खण्डमा इरानलाई ओलम्पिक्समा प्रतिस्पर्धा गर्नबाट नै प्रतिबन्ध लगाइनु पर्ने बताउदै आएका थिए । शनिबार अफ्कारी र उनको परिवारको समर्थनमा प्रेस बिज्ञप्ति निकालेको आईओसीले त्यस्तो कुनै कदम भने चालेको छैन ।

Click to comment

Trending