अन्तर्राष्ट्रिय

शृंखला माथि कब्जा जमाउने दाउमा अस्ट्रेलियाले इंग्ल्यान्डको सामना गर्दै 

Published

on

ट्वान्टी ट्वान्टी शृंखलामा व्यहोरेको हारको बदला लिने दाउ सहित अस्ट्रेलियाले दोश्रो एकदिवसीय खेलमा घरेलु टोली इंग्ल्यान्डको सामना गर्दैछ । म्यानचेस्टरमा हुने खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ ।

तीन खेलको शृंखलामा अस्ट्रेलिया १-० ले अघि रहेको छ । आजको खेलमा जित निकाल्न सकेको खण्डमा अस्ट्रेलियाले एक खेल अगावै शृंखला माथि कब्जा जमाउने छ । इंग्ल्यान्ड भने आजको खेलमा जित निकाल्दै शृंखला जित्ने आशालाई जिवित राख्ने सुरमा हुनेछ ।

इंग्ल्यान्डले घरेलु मैदानमा सन् २०१५ मा अस्ट्रेलियासँगको एकदिवसीय शृंखलामा ३-२ ले पराजित भए पछि लगातार नौंवटा शृंखला माथि कब्जा जमाएको छ । उ सन् २०१५ मा अस्ट्रेलियाले हराएको बदला लिन चाहन्छ भने अस्ट्रेलिया फेरी अर्को शृंखलामा इंग्ल्यान्डलाई उसकै भूमिमा परास्त गर्न चाहन्छ ।

यस अघि साम बिलिङ्सको शतकको बाबजुत घरेलु टोली इंग्ल्यान्डले अस्ट्रेलियासँगको पहिलो एकदिवसीय खेलमा १९ रनको हारको सामना गरेको थियो ।

पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले मिचेल मार्श र ग्लेन म्याक्सवेलको अर्धशतकको मद्धत पुरै ५० ओभर खेल्दै पाँच विकेटको नोक्सानी २९४ रनको विशाल योगफल बनाउन सक्यो । २९५ रनको विशाल लक्ष्य लिएर ब्याटिङमा आएको इंग्ल्यान्डले पुरै ५० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा मात्र २७५ रन बनाउन सक्यो ।

Click to comment

Trending