Headline

लेकर्स एक दशकपछि एनबिए वेस्टर्न कन्फेरेन्सको फाइनलमा

Published

on

लस एन्जलस लेकर्स १० बर्षपछि एनबिए वेस्टर्न कन्फेरेन्सको फाइनलमा प्रवेश गरेको छ । गेम फाइभमा ह्युस्टन रकेट्सलाई सजिलै ११९–९६ ले हराउदै लेब्रन जेम्सको लेकर्सले बेस्ट अफ सेभेन सेमिफाइल ४–१ आफ्नो नाममा लेखायो ।

गेम वानमा उत्कृष्ट प्रदर्शन गर्दै १–० को अग्रता बनाएको रकेट्सले त्यसपछि भने लेकर्सलाई चुनौति दिन सकेको थिएन । सेमिफाइनल प्लेअफमा स्थान बनाउने क्रममा पनि लेकर्सले पोर्टल्याण्ड ट्रेल ब्लेजर्सलाई १–० ले पछि परेको स्थितिबाट हराएको थियो ।

शनिबारको खेलको पहिलो क्वार्टरमा ११ अंकको योगदान दिएका जेम्सले प्रेरणादायी प्रदर्शन गर्दै २९ पोइन्ट, ११ रिबाउण्ड, ७ असिस्ट र दुई स्टिल गरेका थिए । अन्य खेलहरुको तुलनामा शान्त रहेका एन्थोनी डेभिसले १३ पोइन्ट स्कोर गरेका थिए ।

लेकर्सले डिफेन्समार्फत खेलमा आफ्नो बर्चस्व कायम राखेको थियो । तेश्रो क्वार्टरको समाप्तिसम्म ६९–९५ ले पछि परेको रकेट्सले ६७ सुटिङ्गमा २७ वटा परिणत गरेको थियो भने ११ टर्न ओभर रहेको थियो । एलेक्स करुसोले जेम्स हार्डेनलाई पछाउदै गरेको उत्कृष्ट ब्लकले रकेट्सको खेलकै निष्कर्ष निकालेको थियो ।

हार्डेनले एक पटक फेरि रकेट्सका लागि उच्च खेल प्रदर्शन गर्दै ३० पोइन्ट, ६ रिबाउण्ड र पाँच असिस्ट निकालेका थिए ।

लेकर्सले अब वेस्टन कन्फेरेन्सको फाइनलमा लस एन्जलस क्लिपर्स र डेन्भर नगेट्सबीचको बिजेतासँग खेल्नेछ । क्लिपर्सले त्यो सिरिजमा ३–२ को अग्रता बनाएको छ । शुक्रबारको खेलमा उत्कृष्ट पुनरागमन गर्दै जितेपछि एनबिएबाट बारिहनि जोगिएको नगेट्सले क्लिपर्सलाई गेम सेभेन सम्म तान्नका लागि अर्को उत्कृष्ट खेल खेल्नुपर्नेछ ।

इस्टर्न कन्फेरेन्सको फाइनलमा बोस्टन सेल्टिक्स र मायामी हिट खेल्दैछन् ।

Click to comment

Trending