Headline

सलाहको ह्याट्रिकमा लिभरपुलको रोमान्चक जित

Published

on

मोहम्मद सलाहले ह्याट्रिक गरे पछी प्रिमियर लिगको पहिलो खेलमा लिभरपुलले लिड्स युनाइटेडलाई ४-३ ले हराउदै सफल सुरुवात गरेको छ।

लिभरपुलका लागी पहिलो गोल महमद सलाहले गरेका थिए । खेलको चौँथो मिनेटमै पाएको पेनाल्टीलाई सदुपयोग गर्दै सलाहले लिभरपुललाई अग्रता दिलाएका थिए । १२ औँ मिनेटमा भने लिड्सले बराबरी गोल गरेको थियो । लिड्सका लागि ज्याक ह्यारिसनले गोल गर्दै खेललाई बाराबरीमा ल्याएका थिए । खेलमा लिभरपुललाई अग्रता दिने क्रममा भर्जिल भ्यान डाइकले २० औँ मिनेटमा गोल गर्दै खेल २-१ मा ल्याएका थिए ।

खेलमा लगातार मौका बनाइरहेको लिड्सले ३० औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । यस पटक भने लिड्सका लागी टोलीका फर्वार्ड प्याट्रिक्क बामफोर्डले गोल गरेका थिए । तर त्यस गोलको तीन मिनेट पनि बित्न नपाउदै लिभरपुलले खेलमा अग्रता लिएको थियो । लिभरपुलका लागि फेरी ३३ औँ मिनेटमा मोहम्मद सलाहले गोल गर्दै खेल ३-२ को स्थितीमा पुराएका थिए ।

लिभरपुल र लिड्स दुवैले आक्रमक खेल खेल्दै पहिलो हाफमा कुल ५ गोल गरेका थिए।

दोस्रो हाफमा भने लिड्सले खेल बाराबरीमा ल्याएको थियो । ६६ औँ मिनेटमा म्याटुएज क्लिकले गोल गर्दै खेल ३-३ को बराबरीमा पुराएका थिए । ८८ औँ मिनेटमा भने सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई ४-३ को जित दिलाएका थिए ।

Click to comment

Trending