Headline

विलियन चम्किदा आर्सनल बिजयी

Published

on

ईंग्लिस प्रिमियर लिगको यस सिजनको पहिलो खेलमा आर्सनलले फुल्ह्यामलाई ३-० गोलले हराएको छ । चेल्सीबाट अनुबन्धित विलियनको दुइ असिस्टको मद्दतमा आर्सनलले सिजनको पहिलो खेलमा फुल्ह्यामलाई सजिलै पराजित गरेको हो ।

आर्सनलका लागि एलेक्सान्द्रे लकाजेट, गाब्रियाल र कप्तान पिरेक एम्रे अबामुयाङले गोल गरेका थिए ।

खेलको आठौँ मिनेटमा लकाजेटले पहिलो गोल गरेका थिए । आर्सनलका लागि दोस्रो गोल भने ४९ औँ मिनेटमा गब्रियालले गरेका थिए । उनले विलियनको कर्नरमा हेडिङ गोल गरेका थिए । तेस्रो गोल भने कप्तान अबामुयाङले ५७ औँ मिनेटमा विलियनकै पासमा गरेका थिए ।

जितसँगै आर्सनलले लिगमा ३ अंकका साथ सफल सुरुवात गरेको छ ।

प्रिमियर लिगमा आजै क्रिस्टल प्यालेस र साउथह्याम्टन र लिभरपुलले लिड्सको समाना गर्दै छ ।

Click to comment

Trending