Headline

ट्रान्सफरमा पैसा उडाउन चाहदैनन् लिभरपुल व्यवस्थापक

Published

on

लिभरपुल व्यवस्थापक योर्गेन क्लोपले इङ्गलिस प्रिमियर लिग डिफेन्डिङ्ग च्याम्पियनले ट्रान्सफरमा पैसा नफाल्ने बाचा गरेका छन् ।

३० बर्ष पछि पहिलो पटक प्रिमियर लिगको उपाधि उचालेको लिभरपुलले यस सिजन नयाँ खेलाडी नभित्र्याएको भन्ने आलोचकहरुलाई जवाफ फर्काउदै क्लोपले यस्तो कसम खाएका हुन् । अघिल्लो सिजन १८ अंकको स्पस्ट अग्रता सहित उपाधि उचालेको लिभरपुलले यस सिजन एउटा मात्र खेलाडीलाई अनुबन्ध गरेको छ ।

यहि अगस्टमा ओलम्पियाकोसका लेफ्ट ब्याक कोस्टास सिमिकासलाई १५ मिलियन डलरमा लिभरपुलले आफ्नो टोलीमा अनुबन्ध गरेको थियो । हुन त लिभरपुलले बायर्न म्युनिखका मिडफिल्डर थियागो अल्कन्टारालाई एन्फिल्डमा ल्याउन कसरत नगरेको होइन । अल्कन्टारालाई ३० मिलियन पाउण्ड तिर्न लिभरपुल तयार नरहेको हो ।

“जब देखि म यहाँ आए कुनै एक खेलाडी ट्रान्सफरको समयमा भित्र्याउन सकिन भने सिजन सुरु गर्न कठिन पर्छ भनेर कहिल्यै पनि सोचिन,” क्लोपले भने । “लिभरपुलका लागि कुनै पनि खेलाडी भित्र्याउन कि त उ निकै उत्कृष्ट हुन पर्यो । खेलाडी नभित्र्याउने हो भने हामीसँग राम्रा खेलाडीहरु छन् भनेर बुझ्दा हुन्छ । म आए देखि नै एउटै टोलीको साथ छु । यसको मतलब यो हैन कि हामीले सधैं राम्रो गरेका छौ । हाम्रो तर्फबाट सक्ने जति राम्रो गरेका हौं ।”

“मेरो विचारमा ट्रान्सफरमा दुईवटा कुराले फरक पार्दछ । एउटा खेलाडी पत्ता लगाउने अर्को प्रशस्त पैसा हुने ।” उनले अघि थपेः “यो सिजनमा हामी खेलमा पराजित हुदा मलाई सबैले त्यही रमाइलो ब्यक्तिका रुपमा हेर्छन् कि हेर्दैनन् भन्ने मात्र हो । जस्तै जित हात पार्दा पत्रकार सम्मेलनमा हुने गर्दछन् ।”

लिभरपुलले यस सिजनको आफ्नो पहिलो खेलमा शनिबार लिड्स युनाइटेडसँग खेल्दैछ । लिगका पुराना प्रतिद्वन्दीहरु लिभरपुल र लिड्स १८ बर्ष पछि पहिलो पटक भिड्दै छन् ।

Click to comment

Trending