Headline

‘डिपेमा प्रतिभा छ, तर उनी मेसी वा रोनाल्डो भने होइनन्’

Published

on

फ्रेन्च खेलाडी मेम्फिस डिपे प्रतिभाशाली खेलाडी भए पनि उनले बार्सिलोनाको सबै समस्या समाधान गर्न नसक्ने डच प्रशिक्षक लुइ भान गालले बताएका छन् ।

लायोनका फर्वार्ड डिपे बार्सिलोनाको नयाँ सिजनको टार्गेट हुन् । २७ बर्षिय डिपेलाई नयाँ प्रशिक्षक रोनाल्डो कोमनले बार्सिलोनामा भित्र्याउन बोर्डसँग सल्लाह गर्दै आएको बिभिन्न संचार मध्यामहरुले रिपोर्ट सार्वजनिक गर्दै आएका छन् ।

इङ्गलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा भान गालको नेतृत्वमा खेल्दा निराशाजनक सिजन पछि लायोन गएका डिपेले तीन सिजनमा ६३ गोल गर्दै आफ्नो करिअरलाई फेरि लय दिएका छन् ।

तर नेदरल्याण्ड्सका राष्ट्रिय टोलीका लागी डिपेका पुर्व प्रशिक्षक रहेका भान गालले मेस्सी र रोनाल्डो जस्तो क्षमाता भएको खेलाडी बार्सिलोनाले अब नपाउने बताउछन् । “उनी कस्ता खेलाडी हुन भन्ने बिषयमा जहिल्यै प्रश्न चिन्ह् उठ्ने गर्छ,” भान गालले भने । “डिपेलाई स्वतन्त्रता पुर्वक खेल्न दिने हो भने उनी निकै राम्राा खेलाडी हुन ।”

“हामीले सधैं नयाँ खेलाडीलाई नयाँ टोलीको संस्कृति र खेललाई बुझाउन सजिलो बनाइदिनु पर्छ । पहिलो बर्ष सधैं गार्हो नै हुन्छ नत्र फ्रंन्की डि जङ र माथिस डि लिटको हालत हुन सक्छ,” उनी थप्छन् । “डिपेमा प्रतिभा छ, तर उनी मेसी वा रोनाल्डो भने होइनन् ।”

गत हप्ता नेदरल्याण्ड्स नेसन्स लीगमा दुबै खेलहरू खेल्नु अघि लायोनका लागि उनले लिग वानको सिजनको शुरुवाती खेलमा डिजोनबिरूद्ध ह्याट्रिक गरेका थिए ।

Click to comment

Trending