Headline

एनबिएबाट डिफेन्डिङ्ग च्याम्पियन टोरन्टो र्याप्टर्स बाहिरियो

Published

on

निर्णयक खेलमा डिफेन्डिङ्ग च्याम्पियन् टोरन्टो र्याप्टर्सलाई ९२–८७ ले हराउदै बोस्टन सेल्टिक्स एनबिएको इस्टर्न कन्फेरेन्सको फाइनलमा पुगेको छ ।

सेमिफाइनल प्लेअफ ३–३ को बराबरी भएपछि गेम सेभेन निर्णायक रहेको थियो । १२ सेकेण्ड बाँकी हुदा र्याप्टर्सका फ्रेड भान भ्लिटले थ्रि पोइन्टर मिस नगरेको भए खेल ९०–९० मा बराबरी हुदै ओभर टाइममा जाने थियो । केम्बा वाकरले त्यसपछि पाएको दुवै फ्रि थ्रोमा स्कोर गरेपछि सेल्टिक्स फाइनल पुगेको हो ।

सेल्टिक्सले फाइनलमा मायामी हिटको सामना गर्नेछ । यो सिजन उत्कृष्ट प्रदर्शन गरेको हिटले च्याम्पियनसिप दाबेदार मिल्वाउकी बक्सलाई ४–१ ले पराजित गर्दै २०१४ पछि पहिलो पटक इस्टर्न कन्फेरेन्सको फाइनल पुगेको थियो ।

सेल्टिक्स भने पछिल्लो चार सिजनमा तेश्रो पटक फाइनलमा प्रवेश गरेको हो । फाइनलको गेम वान मङ्गलबार हुनेछ ।

सेमिफाइनलमा र्याप्टर्स २–० ले पछि रहेको स्थितिमा पुनरागमन गर्दै ३–३ को बराबरी गर्न सफल भएको थियो । तर गेम सेभेनमा भान भ्लिटको २० अंक र्याप्टर्सलाई फाइनलमा डोर्याउनका लागि पर्याप्त रहेन । सेल्टिक्सको जितमा जेसन टाटमले २९ अंकको योगदान गर्नुका साथै १२ रिबाउण्ड लिएका थिए ।

जेलेन ब्राउनले २१ पोइन्ट गर्नुका साथै ८ रिबाउण्ड लिएका थिए भने मार्कस स्मार्टको १५ पोइन्ट, ६ असिस्ट र अन्तिम मिनेटको ब्लकको प्रदर्शन रहेको थियो ।

वेस्टर्न कन्फेरेन्समा लेब्रोन जेम्सको लस एन्जलस लेकर्स ह्युस्टन रकेट्सबिरुद्ध ३–१ ले अघि रहेको छ । अर्को सेमिफाइनलमा लस एन्जलस क्लिपर्सले डेन्भर नगेट्सबिरुद्ध ३–२ को अग्रता लिएको छ ।

Click to comment

Trending