Headline

इङ्गलिस प्रिमियर लिगको नयाँ सिजन आजबाटः पहिलो दिन के हुदैछ ?

Published

on

इङ्गलिस प्रिमियर लिगको नयाँ सिजन शनिबारदेखि शुरु हुदैछ । कोरोना भाईरसका कारण अघिल्लो सिजन तीन महिना रोकिएर ढिलो समाप्त भएपछि धेरै समय नबित्दै छोटो बिश्रामपछि नै नयाँ सिजन शुरु हुन गइरहेको हो । अघिल्लो सिजन एक पक्षीय रुपमा लिभरपुलले ३० बर्षदेखिको खडेरी तोड्दै उपाधि जितेपनि नयाँ सिजन भने तुलनात्मक रुपमा प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । पहिलो दिन को को भिड्दै छन् त प्रिमियर लिगमा ?

फुल्ह्याम विरुद्ध आर्सनल

फुल्ह्यामको क्रेभन कटेजमा हुने यो खेल नेपाली समय अनुसार साँझ ५ः१५ मा सुरु हुने छ । अघिल्लो सिजन एफए कप र यो सिजनको शुरु मै कम्युनिटी सिल्डको उपाधि जितेको आर्सनल आफ्नो पुरानो चिरप्रतिद्वन्दी फुल्ह्यामको समाना गर्दै छ । सिजनको पहिलो खेलमा दुवै टोली जितसँगै सफल सुरुवात गर्न चाहने छन् ।

फुल्ह्यामले आर्सनलसँग खेलेका पछिल्ला पाँच मध्ये एक खेलमा पनि जित हात पार्न सकेको छैन । २०१८–१९ को सिजन प्रिमियर लिगमा रहदा फुल्ह्याम आर्सनलसँग घरमा ५–१ र अवे ४–१ ले पराजित हुन पुगेको थियो । शनिबारको खेलमा खेलमा भने फुल्ह्याम निकै आशावादी देखिन्छ ।

फुल्ह्यामले आफ्नो व्यवस्थापक स्कट पार्करलाई पूर्ण विश्वासका साथ खर्च गर्न दिएको थियो । त्यही कारण पनि फुल्ह्यामले निकै राम्रा खेलाडी भित्र्याएको थियो । आर्सनलले पनि आफ्नो कप्तान पिएरे–एमेरिक औबामेयाङसँगको सम्झौता तीन बर्ष लम्बाएको छ भने धेरै युवा खेलाडीहरुलाई क्लबमा राखेको छ ।

क्रिष्टल प्यालेस विरुद्ध साउथ्याम्प्टन

घरेलु मैदानमा हुने खेलमा क्रिष्टल प्यालेस जितका साथ प्रिमियर लिग शुरुवात गर्न चाहनेछ । तर साउथ्याम्प्टनविरुद्ध क्रिष्टल प्यालेसको इतिहास सन्तोषजनक छैन । यसअघि एक अर्काबीचको २२ खेलमा क्रिष्टल प्यालेसले मात्र तीनमा जित हात पारेको छ । राम्रो लयमा रहेको साउथ्याम्प्टन यो सिजन भने शिर्ष पाँचमा रहदै युरोपियन प्रतियोगिता खेल्ने दाउमा रहेको छ ।

साउथह्याम्प्टनले प्यालेससँग खेलेका अन्तिम तीन खेलहरुमा एक गोल पनि नखाई जित हात पार्दै आइरहेको छ । शनिबारको खेल नेपाली समय अनुसार ७ः४५ मा सुरु हुने छ ।

लिभरपुल विरुद्ध लिड्स युनाइटेड

पहिलो दिनको सबैभन्दा ठूलो खेल यसलाई नै मान्न सकिन्छ किनभने लिगका पुराना प्रतिद्वन्दीहरु १८ बर्ष पछि पहिलो पटक भिड्दै छन् । एन्फिल्डमा हुने खेलले धेरै पुराना खेलको झल्को दिने फुटबल प्रेमीहरुको भनाइ छ । लिभरपुल अन्तिम पटक २००१ मा लिड्ससँग पराजित हुन पुगेको थियो । अन्तिम पटक २०१६ को लिग कपमा भेटेका बेला लिभरपुलले लिड्सलाई २–० ले हराएको थियो ।

सिजनको शुरुमा खेलेको हरेक खेलमा लिड्स बिजयी रहदै आएको छ । मर्सेलो बिएल्सा र योर्गन क्लोप बिचको राणनितिक युद्ध मानिएको यो खेल निकै रोमाञ्चक हुने आशा रखिएको छ । खेल नेपाली समय अनुसार १०ः १५ मा सुरु हुने छ ।

Click to comment

Trending