Headline

अन्तत, लिड्समै बस्ने भएका मार्सेलो बिएल्सा

Published

on

१६ बर्षपछि लिड्स युनाइटेडलाई इङ्गलिस प्रिमियर लिगमा फर्काउने अर्जेन्टिनी व्यवस्थापक मार्सेलो बिएल्सालाई क्लबले एक बर्षको सम्झौता थप गरेको छ ।

लिड्सले प्रिमियर लिगको उद्घाटन खेलमा शनिबार लिभरपुलको सामना गर्नु पुर्व बिएल्सा क्लबमै रहने अथवा नरहने अन्यौल रहेको थियो । बिएल्साको लिग शुरु हुनेबित्तिकै क्लब छोड्ने गरेको इतिहास रहेको छ ।

उनले २०१५–१६ को फ्रेञ्च लिग वान सिजनमा मार्सेले एक खेल खेल्ने बित्तिकै क्लब छोडेका थिए भने गत बर्षपनि इटालियन सिरी आ क्लब लाजियोलाई दुई वटा खेलमा मात्र साथ दिएका थिए ।

तर बिहिबार बिएल्साले आफू क्लबसँगै रहने जानकारी सार्वजनिक गर्दै लिड्सका समर्थकहरुको डरलाई साम्य पारेका थिए । म अर्को सिजन लिड्सको लागि काम गर्नेछु । सबै कुरा मिलिसकेको छ र अर्को पुरै सिजन म लिड्ससँगै हुनेछु, बिएल्साले भने ।

बिएल्सा स्पेनिस क्लब एथ्लेटिक बिल्बाओको पनि व्यवस्थापक रहिसकेका छन् । उनी आफ्नो अनौठौ व्यवस्थापन शैलिले निकै चर्चा कमाउदै आउने गरेका छन् । म्यानचेस्टर सिटी व्यवस्थापक पेप ग्वार्डियोलाले बिश्वकै उत्कृष्ट प्रशिक्षक मानेका बिएल्साको लागि उपाधि भने निकै बिरलै आउने गरेको छ ।

उनले तीन अर्जेन्टिनी लिगको उपाधि जितेका छन् भने २००४ मा भएको ग्रिस ओलम्पिक्सको स्वर्ण पदक जितेका थिए । तर त्यसपछि भने उनले कुनै ठूलो उपलब्धि हात पारेका छैनन् । १६ बर्षमा लिड्सलाई इङ्गलिस फुटबल च्याम्पियनसिपको उपाधि जिताउनु नै सबैभन्दा ठूलो उपलब्धि हो ।

Click to comment

Trending