Headline

मेस्सीको अर्जेन्टिनाबाट खेल्न लगाइएको ब्यान हट्यो

Published

on

आफु माथि लागेको एक अन्तर्राष्ट्रिय खेलको प्रतिबन्धको बैधानिकता अवधि समाप्त भएपछि लियोनेल मेस्सीले अर्को महिना बिश्वकप छनोट अन्तर्गत इक्वेडरबिरुद्धको खेलमा अर्जेन्टिनाका लागि खेल्न पाउने भएका छन् ।

कोपा अमेरिका अन्तर्गत तेश्रो स्थानका लागि चिलीबिरुद्धको खेलमा मैदानबाट बाहिर पठाइनुका साथै दक्षिण अमेरिकी फुटबल प्रमुखहरुमाथि भ्रष्टाचारको आरोप लगाइएपछि मेस्सीलाई एक खेलको प्रतिबन्ध लगाइएको थियो । अक्टोबर ८ का लागि तय गरिएको इक्वेडरबिरुद्धको खेलमा सहभागि हुन नपाउने गरि मेस्सीलाई प्रतिबन्ध लागेपनि त्यसको बैधानिकता समाप्त भएपछि उनले खेल्न पाउने भएको अर्जेन्टिना फुटबल एशोसिएसनले स्पष्ट पारेको छ ।

चिलीका ग्यारी मेडेलसँग भिडेका मेस्सीले उक्त खेलमा सिधै रेड कार्ड खाएका थिए भने उनले ब्राजिलको पक्षमा आउने गरि प्रतियोगिता फिक्स गरेको आरोप लगाएका थिए । बिवादास्पद सेमिफाइनलमा अर्जेन्टिना ब्राजिलसँग पराजित भएको थियो ।

१९८६ मा पछिल्लो पटक बिश्वकप जितेको अर्जेन्टिनाले बिश्वपक छनोट अन्तर्गत आफ्नो पहिलो दुई घरेलु खेलमा इक्वेडर र बोलिभियाको सामना गर्नेछ ।

Click to comment

Trending