अन्तर्राष्ट्रिय

इंग्ल्यान्ड र अस्ट्रेलिया बीचको एकदिवसीय शृंखला आजबाट सुरु 

Published

on

घरेलु टोली इंग्ल्यान्ड र अस्ट्रेलिया बीचको तीन एकदिवसीय खेलको शृंखला आजबाट सुरु हुँदैछ । म्यानचेस्टरमा आयोजना हुने खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ ।

इंग्ल्यान्ड र अस्ट्रेलियाले हालै मात्र तीन खेलको ट्वान्टी ट्वान्टी शृंखला खेलेका थिए । उक्त शृंखला इंग्ल्यान्डले २-१ ले जितेको थियो । इंग्ल्यान्डले पहिलो खेलमा दुई रनको रोमान्चक जित दर्ता गराएको थियो भने दोश्रो खेलमा अस्ट्रेलियालाई छ विकेटले पराजित गरेको थियो । तेश्रो तथा अन्तिम खेल भने अस्ट्रेलियाले पाँच विकेटले जितेको थियो ।

सन् २०१७ पछि दुई टोलीले खेलेको खेलको नतिजालाई आधार मान्ने हो भने इंग्ल्यान्ड नै अस्ट्रेलिया भन्दा हाबी देखिन्छ । यो अवधिमा खेलिएको १३ खेल मध्य इंग्ल्यान्डले ११ खेल जितेको छ भने दुई खेलमा अस्ट्रेलिया विजयी भएको छ ।

अस्ट्रेलियाले पछिल्लो सात शृंखला मध्य जम्मा दुईवटा मात्र शृंखला जित्न सकेको छ । अस्ट्रेलियाले पछिल्लो पटक एकदिवसीय खेलको शृंखला घरेलु टोली दक्षिण अफ्रिका विरुद्ध खेलेको थियो जसमा ३-० ले पराजित हुन पुगेको थियो ।

इंग्ल्यान्डले भने सन् २०१९ को विश्वकप पछि मात्र दुई शृंखला खेलेको छ । जस मध्य दक्षिण अफ्रिका विरुद्धको शृंखला १-१ को बराबरीमा सकिएको थियो भने आयरल्यान्डलाई २-१ ले पराजित गरेको थियो ।

Click to comment

Trending