अन्तर्राष्ट्रिय

जोन्टि रोड्स स्विडेन टोलीको मुख्य प्रशिक्षक नियुक्त 

Published

on

दक्षिण अफ्रिकाका पुर्व खेलाडी जोन्टि रोड्स स्विडेन टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।स्विडिस क्रिकेट फेडेरेशनले एक प्रेस विज्ञप्ति जारी गर्दै जोन्टिको नियुक्तको पुष्टी गरेको हो ।

महान् र उत्कृस्ट फिल्डरका रुपमा परिचित जोन्टिले दक्षिण अफ्रिकाको लागि ५२ टेस्ट र २४५ एकदिवसीय खेल खेलेका थिए ।

खेल जीवनबाट सन्यास घोषणा गरे पछि जोन्टि प्रशिक्षकका रुपमा काम सुरु गरेका थिए । दक्षिण अफ्रिका टोलीको साथ साथै उनले इन्डियन प्रिमियर लिग टोली मुम्बई इन्डियन्सको फिल्डिङ प्रशिक्षक भएर पनि काम गरेका थिए । हाल उनी आईपीएल टोली किंग्स ११ पन्जाबमा आबद्ध छन् ।

‘म आफ्नो परिवारसँग स्विडेन सर्न लागेकोमा निकै उत्साहित छु र स्विडिस क्रिकेटसँग काम गर्न आतुर पनि रहेको छु,’ ५१ बर्षिय जोन्टिले भने । ‘सायद यो अवसर एकदमै सहि समयमा आएको छ । म कृतग्य छु कि मैले नयाँ वातावरणमा आफ्नो उर्जा राम्रोसँग सदुपयोग गर्न सकु । आफ्नो काम सुरु गर्नका लागि म कुर्न सक्दिन ।’

फेडेरेशनले देशको युवा क्रिकेट र हाइ पर्फ़मेन्समा लगानी गर्ने भन्दै उनलाई नियुक्ती गरेको जनाएको छ । स्विडेनमा पछिल्लो समय क्रिकेट सबैभन्दा छिटो बढेको दोश्रो खेल हो । पछिल्लो दुई बर्षमा स्विडेनमा क्रिकेटको सहभागितामा ३०० प्रतिशत भन्दा धेरैले बढे पछि फेडेरेशन पनि यसमा लगानी गर्न आतुर रहेको हो ।

जोन्टिलेले नोभेम्बरको मध्यबाट आफ्नो कम सुरु गर्ने छन् ।

जोन्टि पछिल्लो संस्करणको धनगढी प्रिमियर लिगमा सद्भावना दुतको रुपमा आवद्ध भएका थिए भने च्याम्पियन टोली सिवाईसी अत्तरियाको प्रशिकको भुमिका पनि निभाएका थिए ।

 

Click to comment

Trending