Headline

च्याम्पियन्स लिग उपबिजेता पिएसजी लिग वानमा पराजित

Published

on

स्टार फर्वार्ड किलियन एमबाप्पे सहित ७ खेलाडीलाई कोरोना भाइरस भएपछि कमजोर बनेको च्याम्पियन्स लिग उपबिजेता पेरिस सेन्ट जर्माइन (पिएसजी) लाई फ्रेञ्च लिग वानमा भर्खरै माथिल्लो श्रेणीमा उक्लिएको लेन्सले स्तब्ध पारेको छ ।

पिएसजीका खेलाडीहरुलाई संक्रमण भएपनि खेल शंकाको घेरामा रहेको थियो । इग्नेसियस गानागोले गोलकिपर मार्सिन बुल्काको गल्तिमा गोल गरेपछि लेन्सले कमजोर फ्रेञ्च च्याम्पियनको भरपुर फाइनदा उठाएको हो । लेन्सको घरेलु रँगशालामा भएको खेलका लागि ५ हजार दर्शकलाई प्रवेश गर्न अनुमति दिइएको थियो ।

कोरोनाको महामारी बिस्तारै नियन्त्रणमा आउदै गर्दा फ्रान्सले फुटबल प्रतियोगिताहरुमा सिमित संख्यामा दर्शकलाई प्रवेश दिन थालेको हो । कोरोनाकै कारण अघिल्लो सिजन चाडै सक्काउनु पर्दा पिएसजीले पछिल्लो ८ सिजनमा सातौं उपाधि जितेको थियो ।

बिहिबारको खेलमा ब्राजिल फर्वार्ड नेमार, मार्किन्होस, अर्जेन्टिनी एन्जेल डि मारिया र माउरो इकार्डीको पनि अनुपस्थिति रहेको थियो । कोरोनाका कारण तेश्रो रोजाईका गोलकिपर बुल्कालाई मैदानमा उतार्नु पिएसजीका लागि भारी परेको थियो ।

पिएसजीले आफ्नो दोश्रो लिग खेलमा आइतबार घरेलु मैदानमा मार्सेको सामना गर्नेछ तर खेलका लागि अन्य खेलाड उपस्थित हुने नहुने भन्ने पक्का हुन भने सकेको छैन ।

Click to comment

Trending