Headline

क्रिकेटरहरुलाई १० हजार बढाएर एक बर्षदेखिको तलब दिइयो

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुले एक बर्ष देखि रोकिएको तलब बल्ल पाएका छन् । नेपाल क्रिकेट संघका अनुसार क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा रहेका सबै खेलाडीहरुको तलब बैंक खातामा पठाएको हो ।

२०१९ देखि सेन्ट्रल कन्ट्रयाक्टमा रहेका सबै खेलाडीहरुलाई १० हजार बढाएर तलब पठाइएको हो । राष्ट्रिय टोली र सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीहरुको तलब अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले उपलब्ध गराउदै आएको कोषबाट दिइने गरिएको छ । आईसिसिले क्यानलाई अहिले पठाएको २०१९ को तलब मात्रै हो ।

क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा २२ जना खेलाडीहरु रहेका छन् । उनीहरुलाई आफूले देखाउदै आएको प्रदर्शनका आधारमा तीन वटा ग्रेडमा बिभाजन गरिएको छ भने त्यसै अनुरुपको तलब पाउने व्यवस्था गरिएको छ ।

कप्तान ज्ञानेन्द्र मल्ल, उप कप्तान दिपेन्द्र सिँह ऐरि, पुर्व कप्तान पारस खड्का, शरद भेषावकर, सोमपाल कामी, करण केसी र सन्दिप लामिछाने ग्रेड ए मा रहेका छन् भने अविनाश बोहोरा, आरिफ शेख, बसन्त रेग्मी, ललित नाराण राजबंशी, पवन शर्राफ, रोहित कुमार पौडेल, सन्दिप जोरा र सुशान भारी श्रेष्ठ ग्रेड बी मा रहेका छन् ।

यस्तै इशान पाण्डे, कुशल भुर्तेल, कुशल मल्ल, प्रदिप ऐरि, राजु रिजाल र रसिद खान ग्रेड सीमा रहेका छन् । हाल बर्गिकरण गरिएको खेलाडीहरुमा ग्रेड ए का खेलाडीले ४५ हजार, बि ले ३५ हजार र सि ले २५ हजार पाउनेछन् ।

क्यानले केही समय अघि आफूले महिला खेलाडीहरुलाई पनि सेन्ट्रल कन्ट्रयाक्टमा राख्ने बताएको थियो । टिमका टेक्निकल एनलिस्ट रमन सिवाकोटीले पनि ग्रेड सी सरहका खेलाडीहरुको तबल पाएका छन् ।

Click to comment

Trending