Headline

इङ्गल्याण्डले वेम्ब्लीमा स्टेडियममा न्युजिल्याण्डबिरुद्ध खेल्ने

Published

on

इङ्गल्याण्डले आफ्नो फुटबल इतिहासमा पहिलो पटक न्युजिल्याण्डसँग वेम्ब्ली स्टेडियममा खेल्ने भएको छ । नोभेम्बर १२ मा इङ्गल्याण्डले लण्डनमा एक मैत्रीपूर्ण खेलमा खेल्न गइरहेको हो ।

इङ्गलिस फुटबल एशोसिएसनका अनुसार ग्यारेथ साउथगेटको टोलीले यएफन नेसन्स लिग अन्तर्गतका आफ्ना दुई खेलहरु अगाडी न्युजिल्याण्डसँग मैत्रीपूर्ण खेल तय गरेको हो । नेसन्स लिगमा इङ्गल्याण्डले नोभेम्बरमा बेल्जियमसँग अवे र आइसल्याण्डसँग घरेलु मैदानमा खेल्नेछ ।

कोरोना भाइरसका कारण मैत्रीपूर्ण खेल हालका लागि खाली रँगशालामा हुने तय भएपनि एफएले बेलायत सरकारसँगको छलफलमा सकेसम्म चाडो दर्शकलाई मैदान प्रवेश दिन खोजिरहेको छ ।

इङ्गल्याण्डले यसअघि न्युजिल्याण्डबिरुद्ध खेलिएका दुवै खेलमा जित हात पारेको थियो । दुवै खेल १९९१ मा भएको थियो । लामो समयपछिको बिश्रामपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको इङ्गल्याण्डले गत साताको नेसन्स लिग खेलहरुमा आइसल्याण्डलाई १–० ले हराएको थियो भने डेनमार्कसँग बराबरीमा रोकिएको थियो ।

Click to comment

Trending