Headline

किर्तिमानी २४ औं ग्राण्ड स्ल्यामको नजिक सेरेना विलियम्स

Published

on

युएस ओपनको क्वार्टर फाइनलमा एक सेटले पछि परेको स्थिति उल्टाउदै अमेरिकी सेरेना विलियम्स किर्तिमानी २४ औं ग्राण्ड स्ल्यामको नजिक पुगेकी छिन् ।

न्युयोर्कमा भएको खेलमा विलियम्सले स्भेताना पिरोन्कोभालाई ४–६, ६–३, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइन् । तीन बर्षमा पहिलो प्रतियोगिता खेलिरहेकी पिरोन्कोभाको शटहरुमा बिबिधताबिरुद्ध ३८ बर्षिय विलियम्स शुरुवातमा निकै संघर्षरत थिइन् । बुल्डेरियन पिरोन्कोभाले पाचौं खेलमा ब्रेक गर्दै पहिलो सेट आफ्नो नाममा गरिन् ।

थकित देखिएकी पिरोनान्कोभाले दोश्रो र तेश्रो सेटमा भने समान प्रदर्शन गर्न असफल रहिन् । भेटेरान विलियम्सले अब सेमिफाइनलमा पुर्व बिश्व नम्बर एक भिक्टोरिया आजारेन्काबिरुद्ध खेल्नेछिन् ।

पुरुषतर्फ क्वार्टरफाइनलमा भने रुसका दानिल मेदभेदेभले आफ्नै देशका आन्द्रे रुब्लेभलाई साझो सेटमा पराजित गरे । मेदभेदेभले ७–६ (८–६), ६–३, ७–६ (७–५) को जित हात पारे । २०१९ को युएस ओपन फाइनलमा राफेल नाडालसँग पराजित भएका मेदभेदेभले खेलको पुरै समय नियन्त्रणमा लिएका थिए ।

न्युयोर्कमा हालसम्म एक सेट पनि नहारेका मेदभेदेभले सेमिफाइनलमा पहिलो पटक ग्राण्ड स्ल्याम नजितेका प्रतिद्वन्दीको सामना गर्नेछन् । रोजर फेडेरर र नाडालले प्रतिस्पर्धान नगर्नुका साथै बिश्व नम्बर एक नोभाक जोकोभिच अयोग्य ठहरिदा युएस ओपनको सेमिफाइनलमा ग्राण्ड स्ल्याम नजितेका खेलाडी हुनेछन् ।

मारिन सिलिचले २०१४ मा युएस ओपन जितेयता न्युयोर्कका सेमिफाइनलिस्टहरुले पहिलो पटक ग्राण्ड स्ल्याम उपाधि जित्नेछन् । पछिल्लो ६ बर्षयता सबै ग्राण्ड स्लयामा जाकोभिच, फेडेरर र नाडालकै दबदबा रहदै आएको थियो ।

Click to comment

Trending