IPL

बिराट कोहलीले आईपिएलमा यो सिजन तोड्न सक्ने ३ किर्तिमान

Published

on

भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहली र किर्तिमान अहिले पर्याय जस्तै भएका छन् । चाहे ट्वान्टी ट्वान्टी होस, टेस्ट वा एकदिवसीय अथवा कप्तानको रुपमै पनि, कोहलीले क्रिकेटमा बनेका धेरै किर्तिमानहरु आफ्नो नाममा लेखाईसकेका छन् । कतिपय किर्तिमानहरु आफ्नो नाममा लेखाउने संघारमा रहेका छन् ।

क्रिकेट लेजेण्ड सचिन तेन्दुल्करको ४९ एकदिवसीय शतकको किर्तिमान तोड्नका लागि कोहली मात्र सात शतकले पर छन् । १३ औं संस्करणको आईपीएल सुरु हुन अब धेरै दिन बाँकी छैन । यसैलाई ध्यानमा राख्दै हामीले आज कोहलीले यस सिजन आईपीएलमा तोड्न सक्ने तीन किर्तिमान लिएर आएका छौ।

३. लक्ष्य पछ्याउदा सर्वाधिक ५०ं रन

कोहलीको तथ्यांक हेर्ने हो भने लक्ष्य पक्ष्याउंदा उनको किर्तिमान राम्रो छ चाहे त्यो भारतको लागि खेल्दा होस् वा उनको रोयल च्यालेन्जर्स बैंगलोरबाट फ्रान्चाइजका लागि खेल्दा । आईपिएलमा लक्ष्य पक्ष्याउंदा सर्वाधिक ५० भन्दा माथि रन प्रहार गर्ने खेलाडीको सूचीको पहिलो नम्बरमा गौतम गम्भिर रहेका छन् ।

गम्भिरको नाममा २० वटा ५०ं को स्कोर छ भने कोहलीलाई नयाँ किर्तिमानका लागि पाँचवटा ५०ं स्कोर आवश्यक रहेको छ । कोहलीको प्रदर्शनलाई हेर्दा पाँचवटा ५०ं को स्कोर खासै ठुलो लक्ष्य त होइन तर पनि १४ खेलमा उनको टोली बैंगलोरको प्रदर्शनमा पनि भर पर्नेछ ।

२. सर्वाधिक शतक प्रहार गर्ने खेलाडी

सन् २०१५ को सिजन सम्म कप्तान बिराट कोहलीको नाममा एउटा पनि शतक थिएन । तर उनले २०१६ को एउटै सिजनमा चार शतक प्रहार गरे । उक्त सिजन उनले ९७३ रन प्रहार गरे भने एकै सिजनमा एक हजार रन प्रहार गर्नबाट मात्र २७ रनले चुके ।

कोहलीले सन् २०१९ को सिजनमा कोलकाता नाइट राईडर्स विरुद्धको खेलमा शतक प्रहार गर्दै आफ्नो शतकको संख्या पाँच पुर्याए । आईपीएलमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी हुन् क्रिस गेल ।

गेलको नाममा ६ शतक छ । कोहलीले एक शतक प्रहार गरेको खण्डमा गेलको किर्तिमानको बराबरी गर्नेछन् भने दुई शतक प्रहार गरेको खण्डमा नयाँ किर्तिमान उनको नाममा हुनेछ ।

१. ६ हजार रन प्रहार गर्ने पहिलो खेलाडी

कोहलीले आईपीएलमा हाल सम्म १७७ खेल खेल्दै पाँच हजार चार सय १२ रन प्रहार गरेका छन् भने उनी आईपीएलमा सर्वाधिक रन प्रहार गर्ने खेलाडीको सूचीको पहिलो स्थानमा रहेका छन् । चेन्नाई सुपर किंग्सका सुरेश रैना पाँच हजार तीन सय ६८ रन सहित दोश्रो स्थानमा छन् । तर रैनाले व्यक्तिगत कारण देखाउँदै यस सिजनको आईपीएल नखेल्ने भएका छन् ।

कोहलीलाई ६ हजार रन पुग्न अब मात्र ५८८ रनको अवश्यकता छ । यदि उनले यस सिजन आफ्नो ब्याटबाट ५८८ रन निकाल्न सके भने उनी आईपीएलमा छ हजार रन पुरा गर्ने पहिलो खेलाडी बन्ने छन् । पछिल्लो सिजनहरुमा कोहलीले जसरी खेलेका थिए त्यो हेर्दा उनलाई ५८८ रन पुर्याउन खासै कठिन हुने देखिदैन ।

Click to comment

Trending