Headline

प्रिमियर लिग शुरु हुदा कस्तो छ शिर्ष चार क्लबको स्थिति ?

Published

on

लगातार तीन सिजन म्यानचेस्टर सिटी र लिभरपुलको दबदबा पछि यस सिजन भने फेरि जुर्मुराएको म्यानचेस्टर युनाइटेड र ट्रान्सफरमा भरपुर खर्च गरिरहेको चेल्सीले आफुलाई प्रिमियर लिगको उपाधि देखी शिर्ष चारको दौडमा उभ्याएका छन् ।

अघ्घिलो सिजन शिर्ष चारमा आएका टोलीहरु यो सिजन कसरी अगाडि बढेका छन् एक पटक त्यसको बिश्लेषण गरौं ।

लिभरपुल

३० बर्ष पछि आफ्नो पहिलो प्रिमियर लिगको उपाधि जितेको लिभरपुलले यो सिजन सामना गर्नुपर्ने चुनौतीमा आमुल परिवर्तन हुने छ । आफूमाथि रहेको इतिहासको बोझ हटाएपनि २०२०–२०२१ को सिजन लिभरपुल एन्टी–क्लाइम्याक्स हुन नदिन बिश्वस्त गर्नुपर्नेछ ।

पछिल्लो दुई सिजन १ सय ९६ अंक जोडेको लिभरपुलका लागि लगातार एकै खेलाडीमा भर पर्नु खतरा हुन सक्छ । नयाँ खेलाडी बिना लिभरपुल निकै कमजोर देखिन सक्छ । क्लबले आजको दिन सम्म एण्डी रोबर्ट्सनको ब्याक अपमा ल्याएको ग्रिक क्लब ओलम्पिकायोसका राइट–ब्याक कोस्टास् सिमिकासलाई मात्र नयाँ खेलाडीको रुपमा ल्याएको छ । उसले बायर्न म्युनिखका थिआगो अल्कनटरालाई आफ्नो नयाँ अनुबन्धनको रुपमा हेरेको छ ।

कोरोना भाईरसका कारण परेको आर्थिक मन्दीले जर्मन फर्वार्ड टिमो वेर्नेरलाई भित्र्याउन असफल लिभरपुलका लागि रोबर्टो फर्मिनो, मोहम्मद सलाह र सादियो मानेका लागि ब्याक अफ अहिले पनि रहेको छैन । यस्तो अवस्थामा एक जना मात्र मैदान बहिर वा चोटका कारण नखेल्ने हो भने लिभरपुललाई ठुलो घाटा पर्ने छ ।

आफ्ना प्रमुख तीन प्रतिस्पर्धीहरु युरोपियन प्रतियोगिताहरुमा ब्वयस्त रहदा योर्गेन क्लोपका लागि भने सिजन अगाडिको ब्रेकले राम्रो तयारी गर्न समय भने दिएको छ ।

म्यानचेस्टर सिटी

अर्जेन्टाइन सुपरस्टार लियोनेल मेस्सीले बार्सिलोनामै बस्ने निर्णय लिएसँगै पेप ग्वार्डियोलाले सोचे अनुरुपको शुरुवता पाउन सकेका छैनन् । यसको मतलब ग्वार्डियोलाका खेलाडीहरुलाई अघ्घिलो निराशाजनक सिजनपछि यो सिजन सुधार गर्न आवश्यक देखिन्छ । च्याम्पियन लिभरपुल भन्दा १७ गोल बढी गरे पनि सिटी १८ अंकले लिग हार्न पुगेको थियो ।

डिफेन्समा देखिएको समस्यालाई समाधान गर्न बर्नमाउथबाट ४० मिलियन पाउन्डमा नेथन अकेलाई सिटीले भित्र्याइसकेको छ । अकेसेन्टर ब्याक र लेफ्ट ब्याकमा ब्याकअपको रुपमा खेल्ने छन् ।

अक्टोबरमा ट्रान्सफर विन्डो बन्द हुने बेला सम्म सिटीले एक जना मुख्य डिफेन्डर भित्र्याउने आशा गरिएको छ । ति डिफेन्डर नापोलीका कालिडउ कुलिबली रहेको धेरैको बुझाई छ । आफ्ना मुख्य युवा खेलाडी मनिएका लिरोय सानेले छोडेपछि सिटीले उनको स्थानमा स्पेनिस खेलाडी फेर्रान टोरेसलाई भित्र्याएको छ भने क्लब लेजेण्ड डेभिड सिल्भाको बिदाइ पछि २० बर्षिय फिल फोडेनले मौका पाउने देखिन्छ ।

च्याम्पियन्स लिगको हारपछि ग्वार्डियोलाको ब्यापक आलोचना भएको थियो । आफ्नो सम्झौताको अन्तिम बर्षमा रहेका ग्वार्डियोला सिटीमै बस्ने हो कि अन्य शिर्ष युरोपियन क्लब जाने हो यो दुविधा कायमै रहेको छ ।

म्यानचेस्टर युनाइटेड

जनवरीमा पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेजको आगमनसँगै सिजनको दोस्रो हाफमा १४ खेलमा अपराजित रहेको म्यानचेस्टर युनाइटेडले निकै उत्कृष्ट लय देखायो । युवा खेलाडीहरुले भरिएको युनाइटेडमा २०२०–२०२१ को सिजनमा मार्कस रासफोर्ड, एन्थोनी मार्सियल र मेसन ग्रिनवुडसँगै मिडफिल्डमा नयाँ खेलाडी डोनी भान डी बिकको आगमनले खेलमा निखार आउने अपेक्षा गरिएको छ ।

तर जसरी ओले गुनर सोल्सायरका खेलाडीहरु मध्य अगष्टमा लिग सिजन सक्काउदै युरोपा लिगको सेमिफाइनल पराजयपछि थकित देखिए, नौं महिनाको नयाँ सिजनमा यसअघिको लय कायमै राख्न सक्लान भन्नेमा भने शंक रहेको छ । अन्य शिर्ष टोलीको तुलनामा कमजोर देखिएपनि युनाइटेड उपाधिकै लागी खेल्ने पक्का छ ।

बोरुसिया डर्टमण्डका जेडन सान्चोलाई भित्र्याउन नसकेपछि युनाइटेडको फर्वार्ड लाइनमा पुरानै नाम दोहोरिने पक्का छ । साथसाथै डिफेन्समा पनि पुरानै खेलाडीहरु राख्न युनाइटेड बाध्य हुने छ ।

चेल्सी

पुरै युरोपमा यो सिजन ट्रान्सफरमा सबै भन्दा धेरै खर्च गरेको चेल्सीले दुई सय मिलियन युरो खर्च गरिसकेको छ । जर्मन फर्वार्ड वेर्नर, मिडफिल्डरहरु हाकिम जियेच र काइ ह्वाभर्ट्ज र दुई डिफेन्डरलाई फ्री ट्रान्स्फरमा भित्र्याएको चेल्सीले यो पटक बलियो दावेदारी दिने पक्का छ ।

अझै खेलाडी थप्ने संकेत दिरहेको चेल्सीले फ्रेन्च क्लब रेनेसका गोलकिपर एडुवार्ड मेन्डी र वेष्ट ह्यामका डेक्लन रिसलाई लिन सक्नेछ । चेल्सी अन्य खेलाडी भन्दा अब गोलकिपरको खोजीमा रहेको छ ।

फ्रांक लामपार्डले मुख्य खेलाडी एडन हाजार्ड र ट्रान्सफर ब्यानका बावजुद पनि चेल्सीलाई च्याम्पियन्स लिगमा पुर्याएका थिए । तर यस सिजन भने चेल्सीका मालिक रोमन अब्रामोभिचले गरेको खर्चको अनुसार चेल्सीले ठुलो प्रदर्शन दिनुपर्ने दवाब छ ।

उत्कृष्ट युवा खेलाडीहरुले भरिएको चेल्सी यो पटक भने प्रिमियर लिगको मुख्य दावेदारको रुपमा अगाडि आउने आशा गरिएको छ ।

Click to comment

Trending