Headline

बिश्वकप फाइनल दोहोरिदा फ्रान्स फेरि ४–२ ले बिजयी

Published

on

एडुवार्डो कामाभिङ्गा ९६ बर्षमा फ्रान्सको लागि खेल्ने सबैभन्दा कान्छो खेलाडी बन्ने किर्तिमान कायम गरेको दिन बिश्वकप बिजेताले क्रोएसियालाई बिश्वकप फाइनलको नतिजा दोहोर्याउदै युएफा नेसन्स लिगमा ४–२ को जित निकालेको छ ।

स्टाड डे फ्रान्समा प्रशिक्षक डिडिएर डेसच्याम्प्सले यसअघि स्विडेनको खेलबाट सात परिवर्तन गरेपनि फ्रान्सले सहज जित हात पारेको हो । किलियन एमबाप्पे कोरोना भाइरसका कारण घर फर्कदा विसाम बेन येडेर र एन्थोनी मार्सियलले फ्रान्सको आक्रमण सम्हालेका थिए ।

फ्रान्सको जितमा एन्टोइन ग्रिजमन, डायो उपमेकानो र ओलिभर जिरुडले १–१ गोल गरे भने अर्को गोल आत्मघाती रहेको थियो । गोलकिपर डोमिनिक लिभाकोभिचले बललाई आफ्नै पोस्टको दिशा दिदा रुसमा दुई बर्ष अघि आएको परिणाम दोहोरिएको थियो ।

खेलमा डेजान लोभ्रेनले भने क्रोएसियाको लागि पहिलो गोल गरेका थिए । योसिप ब्रेकालोले क्रोएसियाको लागि दोश्रो गोल गरेका थिए ।

२७ औं मिनेटमा कामाभिङ्गा मैदान प्रवेश गर्दै इतिहास कायम गरेका थिए । फ्रान्सका लागि उनीभन्दा कम उमेरमा डेब्यु गर्ने अन्य दुई खेलाडी रहेका छन् । १९०६ मा युलियन भरब्रगले डेब्यु गर्दा उनी १६ बर्ष १० महिनाका थिए भने त्यसको ८ बर्षपछि मौरिस गास्टिगरले खेल्दा १७ बर्ष चार महिनाका थिए ।

१७ बर्ष ९ महिनाका काभामिङ्गा एनगोलो कान्टेको स्थानमा मैदानमा प्रवेश गरेका थिए । फ्रान्स समुह ए को अंक तालिकामा पोर्चुगलसँग गोल अन्तरले पछि परेको छ । क्रोएसियालाई ४–१ ले हराएको पोर्चुगलले मङ्गलवारको खेलमा स्विडेनलाई २–० ले पराजित गर्यो ।

Click to comment

Trending