लेख

इंग्ल्यान्डलाई शृंखला, अस्ट्रेलिया ट्वान्टी ट्वान्टी बरियताको शिर्ष स्थानमा

Published

on

अस्ट्रेलियाले इंग्ल्यान्ड विरुद्धको तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलमा पाँच विकेटको सहज जित हात पारेको छ । यससँगै तीन खेलको शृंखला भने इंग्ल्यान्डले २-१ ले आफ्नो पक्षमा पारेको छ ।

शृंखला गुमाए पनि अस्ट्रेलिया आजको खेल जित्दै ट्वान्टी ट्वान्टी बरियताको शिर्ष स्थानमा पुग्ने पक्का भएको छ । आजको खेल अगाडी अस्ट्रेलियासँग समान २७३ रेटिंङ पोइन्ट भए पनि इंग्ल्यान्ड वरियताको पहिलो स्थानमा रहेको थियो । तेश्रो ट्वान्टी ट्वान्टी खेलमा जुन टोलीले जित्यो उसले पहिलो स्थानमा पकड जमाउने थियो ।

इंग्ल्यान्डले दिएको १४६ रनको लक्ष्य पक्ष्याएको अस्ट्रेलियाले १९ दशमलब तीन ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा जित दर्ता गराएको हो ।

एक समय १०० रनमा पाँच विकेट गुमाएर दबाबमा परेको अस्ट्रेलियालाई जित दिलाउने क्रममा मिचेल मार्श र एस्टन अगरले छैठौं विकेटका लागि ४६ रन जोडे । आविजित रहेका मार्श र अगरले क्रमश ३६ बलमा ३९ रन तथा १३ बलमा १६ रन जोडे ।

उनीहरु बाहेक कप्तान आरोन फ़िञ्चले २६ बलमा २९ रङ, मार्क्स स्टोइनिसले १८ बलमा २६ रनको योगदान दिए ।

इंग्ल्यान्डका आदिल रशिदले सर्वाधिक तीन विकेट हात पारे ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १४५ रन बनायो ।

इंग्ल्यान्डको तर्फबाट ओपनिङमा आएका विकेट किपर ब्याट्सम्यान जोनी बेरस्टोवले सर्वाधिक ५५ रन बनाए । ४४ बलको सामना गरेका उनले समान ३-३ चौका र छक्का प्रहार गरे । बेरस्टोव बाहेक छैठौं नम्बरमा ब्याटिङ गर्न आएका जोए डेन्लीले पनि अविजित रहँदै १९ बलमा २८ रनको योगदान दिए ।

त्यस्तै ओईन मोर्गनको अनुपस्थितीमा इंग्ल्यान्डको कप्तानी गरेका मोएन अलीले २१ बलमा २३ रन, दाविद मालानले १८ बलमा २१ रनको पारी पारी खेले । त्यस बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अस्ट्रेलियाका लेग स्पिनर एडम जाम्पा महँगो साबित भए पनि सर्वाधिक दुई विकेट हात पारे । किफायती बलिङ गरेका तिब्र गतिका बलर मिचेल स्टार्कले चार ओभरमा मात्र १९ रन खर्चिएर एक विकेट आफ्नो नाममा दर्ता गराए ।

इंग्ल्यान्डले पहिलो खेलमा दुई रनको रोमान्चक जित हात पारेको थियो भने दोश्रो खेलमा अस्ट्रेलियालाई छ विकेटले पराजित गरेको थियो ।

Click to comment

Trending