अन्तर्राष्ट्रिय

रोनाल्डोको किर्तिमानी गोलमा पोर्चुगलको सहज जित  

Published

on

नेसन्स लिग अन्तर्गत आफ्नो दोश्रो खेलमा स्टार क्रिस्टियानो रोनाल्डोको किर्तिमानी गोलको मद्धतमा पोर्चुगलले स्विडेन माथि २-० गोल को जित हात पारेको छ ।

आजको खेलमा दुई गोल गरेका रोनाल्डोले अन्तरास्ट्रिय खेलमा १०० गोल पुरा गरेका हुन् । रोनाल्डो १०० गोल गर्ने दोश्रो खेलाडी हुन् । अन्तरास्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडी भने इरानका अली दाई हुन् । उनले १०९ गोल गरेका छन् । आजको खेलमा दुई गोल गर्दै रोनाल्डोले आफ्नो गोल सङ्ख्य १०१ पुर्याएका छन् भने अब नौं गोल गरेको खण्डमा उनी अन्तरास्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बन्ने छन् ।

स्विडेन विरुद्धको खेलमा फ्रि-किक मार्फत गोल गर्दै रोनाल्डोले आफ्नो १००औं गोल पुरा गरेका हुन् । पहिलो हाफको अन्त्यमा डि बक्स बाहिर पाएको फ्रि-किकलाई रोनाल्डोले उत्कृस्ट गोलमा परिणत गरे । ३५ बर्षिय रोनाल्डोको यो फ्रि-किक मार्फत समग्रमा ५७औं गोल हो भने पोर्चुगलको तर्फबाट १०औं गोल हो ।

पहिलो हाफमा पोर्चुगललाई १-० को अग्रता दिलाएका रोनाल्डोले दोश्रोको ७२औं मिनेटमा दोश्रो गोल पनि गरे । जोआओ फेलिक्सले दिएको पासलाई रोनाल्डोले २० यार्डबाट प्रहार गर्दै बललाई जाली चुमाए ।

Click to comment

Trending