अन्तर्राष्ट्रिय

रोनाल्डोको कीर्तिमानी १०० गोल 

Published

on

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले अन्तरास्ट्रिय खेलमा १०० गोल पुरा गरेका छन् ।

रोनाल्डो १०० गोल गर्ने दोश्रो खेलाडी हुन् । अन्तरास्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडी भने इरानका अली दाई हुन् । उनले १०९ गोल गरेका छन् । रोनाल्डोले अब १० गोल गरेको खण्डमा उनी अन्तरास्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बन्ने छन् ।

नेसन्स लिग अन्तर्गत स्विडेन विरुद्धको खेलमा फ्रि-किक मार्फत गोल गर्दै रोनाल्डोले आफ्नो १००औं गोल पुरा गरेका हुन् । पहिलो हाफको अन्त्यमा डि बक्स बाहिर पाएको फ्रि-किकलाई रोनाल्डोले उत्कृस्ट गोलमा परिणत गरे ।

३५ बर्षिय रोनाल्डोको यो फ्रि-किक मार्फत समग्रमा ५७औं गोल हो भने पोर्चुगलको तर्फबाट १०औं गोल हो ।

पहिलो संस्करणको विजेता पोर्चुगलले पहिलो खेलमा क्रोएसियामाथी ४-१ को सनदार जित निकालेको थियो भने उक्त खेलमा रोनाल्डो खेलेका थिएनन् । उनले खुट्टामा लागेको चोटमा देखिएको संक्रमणका कारण क्रोएसिया विरुद्धको खेल गुमाएका थिए ।

रोनाल्डोले पोर्चुगलको लागि पहिलो अन्तरास्ट्रिय गोल सन् २००४ मा १९ बर्षको उमेरमा गरेका थिए ।

 

Click to comment

Trending