Headline

केवेन डि ब्रुनाले जिते पिएफए बर्ष खेलाडी

Published

on

म्यानचेस्टर सिटीका मिड्फिल्डर केवेन डि ब्रुनाले पिएफए बर्ष खेलाडीको उपाधि हात परेका छन् ।

२९ बर्षिय डि ब्रुनाले उपाधी जितेसँगै सिटीका व्यवस्थापक पेप ग्वार्डियोलालाई उपाधी जित्न मद्दत गरेको मा धन्यवाद दिएका थिए ।

डि ब्रुनाले गत बर्षको विजेता भर्जिल भ्यान डाइक,ट्रेन्टअलेक्ज्याण्डर अर्नोल्ड,सादियो माने,जोर्डन हेन्डरसन र आफ्नै टोलीका साथी रहेम स्टर्लिंगलाई मात दिदै यो उपाधी हात परेका हुन् ।

पीएफए  स्थापना भएदेखि यो पुरस्कार जित्ने उनी पहिलो म्यानचेस्टर सिटीका खेलाडी हुन् ।

“यो निकै ठूलो सम्मान हो,” उनले भने । “आफ्नै खेलाडी साथीहरु देखी लिएर अन्य टोलीका प्रतिस्पर्धीहरू जोसँग म सँधै मैदानमा खेल्छु, उनीहरुले नै मतदान गर्दै जिताउदा निकै आश्चर्यजनक हुने गर्छ।”

“यो अनौंठो कुरा हो कि म पहिलो सिटी खेलाडी हुँ जस्ले यो उपाधि हात पारेको छ । मैले यहाँ देखेका सबै राम्रो खेलाडीहरू जसले पहिले खेलेका थिए वा अहिले पनि खेल्दै छन्, उनीहरुको सामु क्लबको प्रतिनिधित्व गर्दै यो उपाधि जित्दा राम्रो लागेको छ ।” उनी भन्छन् ।

यस्तै महिला तर्फ यो पुरस्कार चेल्सीकी बेथेनी इङ्ल्यान्डले हात पारीन भने बर्ष युवा खेलाडीका रुपमा  लिभरपुलका ट्रेन्ट अलेक्ज्याण्डर-अर्नोल्ड चुनिए ।

Click to comment

Trending