अन्तर्राष्ट्रिय

अस्ट्रेलियालाई १४६ रनको मध्य लक्ष्य, जित हात पारे ट्वान्टी ट्वान्टी बरियताको शिर्ष स्थानमा

Published

on

अस्ट्रेलियाले इंग्ल्यान्ड विरुद्धको तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेल जित्नका लागि १४६ रनको मध्यम लक्ष्य पाएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १४५ रन बनायो ।

इंग्ल्यान्डको तर्फबाट ओपनिङमा आएका विकेट किपर ब्याट्सम्यान जोनी बेरस्टोवले सर्वाधिक ५५ रन बनाए । ४४ बलको सामना गरेका उनले समान ३-३ चौका र छक्का प्रहार गरे । बेरस्टोव बाहेक छैठौं नम्बरमा ब्याटिङ गर्न आएका जोए डेन्लीले पनि अविजित रहँदै १९ बलमा २८ रनको योगदान दिए ।

त्यस्तै ओईन मोर्गनको अनुपस्थितीमा इंग्ल्यान्डको कप्तानी गरेका मोएन अलीले २१ बलमा २३ रन, दाविद मालानले १८ बलमा २१ रनको पारी पारी खेले । त्यस बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अस्ट्रेलियाका लेग स्पिनर एडम जाम्पा महँगो साबित भए पनि सर्वाधिक दुई विकेट हात पारे । किफायती बलिङ गरेका तिब्र गतिका बलर मिचेल स्टार्कले चार ओभरमा मात्र १९ रन खर्चिएर एक विकेट आफ्नो नाममा दर्ता गराए ।

तीन खेलको शृंखलामा इंग्ल्यान्ड २-० ले अघि रहेको छ ।

आजको खेलमा जित हात पार्ने टोलीले ट्वान्टी ट्वान्टी वरियताको शिर्ष स्थानमा पकड जमाउने छ । अहिले अस्ट्रेलियासँग समान २७३ रेटिंङ पोइन्ट भए पनि इंग्ल्यान्ड वरियताको पहिलो स्थानमा रहेको छ । जुन टोलीले आजको खेल जित्ने छ उसले पहिलो स्थानमा पकड जमाउने छ ।

दोश्रो ट्वान्टी ट्वान्टी खेलमा अस्ट्रेलियालाई छ विकेटले पराजित गर्दै इंग्ल्यान्डले एक खेल अगावै अस्ट्रेलिया विरुद्धको ट्वान्टी ट्वान्टी शृंखला माथि कब्जा जमाइ सकेको थियो । पहिलो ट्वान्टी ट्वान्टी खेलमा इंग्ल्यान्डले दुई रनको रोमान्चक जित हात पारेको थियो ।

दोश्रो ट्वान्टी खेलमा जितका लागि १५८ रनको मध्यम लक्ष्य लिएर ब्याटिङमा उत्रिएको इंग्ल्यान्डले १८ दशमलब पाँच ओभर खेल्दै चार विकेटको नोक्सानी सहज जित हात पारेको थियो । त्यस्तै पहिलो ट्वान्टी ट्वान्टी खेलमा जितका लागि १६३ रनको मध्यम लक्ष्य पक्ष्याएको अस्ट्रेलियाले २० ओभरमा छ विकेट गुमाएर मात्र १६० रन बनाए पछि इंग्ल्यान्डले दुई रनको रोमान्चक जित हात पारेको हो ।

Click to comment

Trending