Headline

एमबाप्पेको कारोनापछि कमजोर बनेको फ्रान्स क्रोएशियाको सामना गर्दै

Published

on

स्टार फर्वार्ड किलियन एमबाप्पेलाई कोरोना भाइरस पोजिटिभ देखिएसँगै कमजोर बनेको फ्रेञ्च टोली यएफ नेसन्स लिगमा मङ्गलवार २०१८ बिश्वकप फाइनलमा आफूले हराएको क्रोएसियाको सामना गरिरहेको छ ।

सामान्य समय पेरिसको स्टाड डि फ्रान्समा खचाखच भरिएको रँगशाला गुञ्जायमान हुने अपेक्षा गरिने थियो तर बिश्वकपका दुई फाइनलिस्ट कोरोनाका कारण दर्शकको अनुपस्थितिमा खेल हुनेछ । एमबाप्पेमा कोरोना देखिएको बताएसँगै पेरिस सेन्ट जर्माइनको लिग वानको पहिलो खेल पनि शंकाको घेरामा परेको छ भने मङ्गलबारको खेलमा अझै बढी शतर्कता अपनाइनेछ ।

“म धेरै परिवर्तन गर्नेछु किनभने खेलाडीहरुलाई निरन्तर खेलाइरहदाको स्थिति निकै गाह्रो हुनेछ,” प्रशिक्षक डिडियर डेसच्याम्प्सले शनिबारको खेलमा स्विडेनलाई १–० ले हराएपछि भनेका थिए । “अहिलेको स्थितिमा ९० मिनेटनै खेलाएर फेरि अर्को खेलको लागि तयार गर्नु खेलाडीलाई दवाब हाल्नु जस्तै हुनेछ, खेलाडीमा प्रशस्त परिवर्तन गर्ने स्पष्ट पार्दै उनले थपे ।”

बिश्राममा रहेका दुई प्रमुख खेलाडीहरु लुका मोड्रिच र इभान राकिटिचको आगमनले क्रोएशिया केही बलियो भने अवश्य हुनेछ । मोड्रिच र राकिटिचको अुनपस्थितिमा क्रोएसिया आफ्नो पहिलो खेलमा पार्चुगलसँग ४–१ ले हारेको थियो । खेल गुमाउने बिश्वकप फाइनल खेलेको टोलीबाट एमबाप्पेमात्रै सबैभन्दा ठूलो नाम हुन् ।

Click to comment

Trending