Headline

पोर्चुगललाई स्विडेनको चुनौती, रोनाल्डो मैदानमा सम्भावना कायम

Published

on

युएफा  नेसन्स लिग अन्तर्गत मंगलवार पोर्चुगल र स्विडेन  भिड्ने छन् । स्विडेनमा  हुने खेलमा दुवै टोलि स्पष्ट जितको खोजिमा हुनेछन् ।

पहिलो संस्करणको विजेता पोर्चुगलले पहिलो खेलमा क्रोएसियामाथी ४-१ को सनदार जित निकालेको थियो भने स्विडेन फ्रान्ससँग १-० ले पराजित भएको थियो ।

खुट्टामा लागेको चोटमा देखिएको संक्रमणका कारण क्रोएसिया विरुद्धको खेल गुमाएका स्टार खेलाडी क्रिस्चियानो रोनाल्डो मंगलवार खेल्ने उच्च सम्भावना रहेको छ। उनी सोमबार पोर्चुगिज टोलीले गरेको अन्तिम प्रशिक्षणमा मैदानमा देखिएका थिए।

सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सुचिमा रहेका रोनाल्डो ९९ गोलको साथ दोस्रो स्थानमा छन् । उनी स्विडेनबिरुद्ध हुने खेलमा गोल गर्दै  एक सय गोलको कोसेढुङ्गा पूरा गेर्ने लक्ष्यमा हुने छन् ।

सन् २०१३ यता भएका तीन खेलमा पोर्चुगल दुई वटामा विजयी भएको छ भने स्विडेनले एक खेल मात्र जितेको छ  । यी दुई टोली  बिचको अन्तिम खेलमा स्विडेनले ३-२ ले बाजी मारेको थियो।

यस्तै समुहको आर्को खेलमा फ्रान्सले क्रोएसियाको सामना गर्नेछ । फ्रान्सका लागि किलियन एम्बापेले कोरोना भाईरस संक्रमणका कारण खेल गुमाउने छन् ।

यस्तै अन्य खेलमा बेल्जियमले आइसल्यान्डको सामना गर्दा डेनमार्कले इङ्ल्याडसँग खेल्ने छ । सबै खेल नेपाली समय अनुसार राती १२:३० बजे सुरु हुनेछन् ।

Click to comment

Trending