Headline

बार्साको प्रशिक्षणमा डेढ घण्टा अगाडी नै पुगे मेस्सी

Published

on

बार्सिलोना छोड्ने असफल प्रयास पछि अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सी क्लबको नयाँ सिजनको प्रशिक्षणमा सहभागी भएका छन् ।

स्पेनिस पत्रिका मार्काका अनुसार मेस्सी सोमबारको प्रशिक्षणका लागि क्लको प्रशिक्षणको मैदानमा सबैभन्दा पहिले पुगेका थिए । बार्साको नयाँ जर्सीका साथ मेस्सी डेढ घण्टा अगाडी नै प्रशिक्षण गर्न पुगेका थिए ।

बार्साले आफ्नो ट्विटरमा नयाँ प्रशिक्षक रोनाल्ड कोमनको आगमनपछि पहिलो पटक प्रशिक्षणमा सहभागी भएको फोटो समेत ट्विट गरेको थियो । बार्सिलोनाले यसै महिना शुरु हुने स्पेनिस ला लिगाको नयाँ सिजनको पहिलो खेलमा भिलारियालको सामना गर्नेछ ।

दुई साता अघि क्लब छोड्का लागि बार्सालाई ट्रान्सफर दिन आग्रहर गरेपछि मेस्सीले शुक्रबार आफू क्याम्प नोउमै बस्न गइरहेको बताएका थिए । यसै सिजनको अन्त्यमा फ्रि ट्रान्सफरमा आफू क्लब छोड्न सक्ने मेस्सीको बिश्वास रहेपनि बार्सा र ला लिगाले ६ पटकका बालोन डि ओर बिजेताले ७ सय मिलियन युरोको रिलिज क्लज तिरेपछि मात्र उनले क्लब छोड्न सक्ने अडान लिएको थियो ।

३३ बर्षिय मेस्सीले क्लबका अध्यक्ष योसेप बार्तोमेउले आफूलाई फ्रि ट्रान्सफरमा क्लब छोड्न दिनका लागि गरेको सहमति तोडेको आरोप लगाएका थिए ।

Click to comment

Trending