Headline

आईपिएलमा बेञ्जमै धेरै समय बिताउन सक्ने दिल्लीका खेलाडीहरु

Published

on

कागजमा हेर्ने हो भने दिल्ली क्यापिटल्स निकै बलियो टोली देखिन्छ । गत सिजन तेश्रो स्थानमा चित्त बुझाउन बाध्य भएको दिल्लीमा युवा र अनुभबी खेलाडीको मिश्रण छ र युवा कप्तान श्रेयस ऐयरले टोलीको नेतृत्व गर्ने छन् ।

दिल्लीले यस सिजन अस्ट्रेलियाका अलराउण्डर मार्कस स्टोइनिस, वेस्ट इन्डिजका ब्याट्सम्यान सिम्रोन हेटमायर र इङ्गल्याण्डका आक्रमक ओपनर जेसन रोयलाई भित्र््याएको छ भने तिब्र गतिका बलरको रुपमा दक्षिण अफ्रिकाका एनरिच नोर्टजेलाई समावेश गरेको छ ।

त्यस्तै यस सिजन दिल्लीले राजस्थान रोयल्सका पुर्व कप्तान तथा ब्याट्सम्यान अजिंक्या रहाने र किंग्स ११ पन्जाबका कप्तान तथा अफ स्पिनर रविचन्द्रन अश्विनलाई पनि ल्याएको छ । यस सिजन उपाधि चुम्ने लक्ष्यमा रहेको दिल्लीका प्रशिक्षक हुन् अस्ट्रेलियन पुर्व कप्तान रिकी पोन्टिंङ ।

दिल्लीले एक पछि अर्को खेलाडीलाई आफ्नो टोलीमा भित्र्याएका कारण सुरुवाती ११ छान्न त्यती सहज देखिदैन । राम्रा खेलाडीले पनि बेञ्चमा नै बस्न पर्ने स्थिति आउन सक्छ । आज हामी तीन खेलाडीको चर्चा गर्दैछौं जसले यस सिजनको आईपीएलमा धेरै समय बेञ्चमा नै बिताउनु पर्ने हुन सक्छ ।

१. एलेक्स केरी

अस्ट्रेलियाका विकेट किपर ब्याट्सम्यान एलेक्स केरी अस्ट्रेलियाको लागि एकदिवसीय र ट्वान्टी ट्वान्टीमा फिनिसरका रुपमा खेल्ने गर्दछन् । टप अर्डर र मध्यक्रममा दिल्लीसँग खेलाडीहरु प्रशस्त रहेका छन् ।

त्यसमाथि चार जना बिदेशी खेलाडीहरु भित्र पर्नका लागि उनले रोय र हेटमायर जस्ता ब्याट्सम्यानहरुसँग नै प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ । विकेट किपरका रुपमा नै हेर्ने हो भने पनि रिषभ पन्तको आईपीएलको किर्तिमान हेर्दा उनले विकेट किपरका रुपमा पनि टोलीमा स्थान बनाउन मुस्किल पर्दछ ।

केरीले यस सिजन सुरुवाती ११ मा स्थान बनाउने सम्भावना निकै कम रहेको छ भने उनले धेरै समय बेञ्चमा बिताउन पर्ने देखिन्छ ।

२. सन्दिप लामिछाने

नेपाली क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले जारी क्यारेबियन प्रिमियर लिगमा जुन प्रकारको प्रदर्शन गर्दैछन् त्यस हिसाबले हेर्ने हो भने उनी सुरुवाती ११ का लागि प्रवल दावेदार हुन् । झन् त्यस माथि यस पटकको आईपीएल युएईमा हुँदैछ जहाँको पिच स्पिनरलाई मद्दत गर्ने खालको हुन्छ ।

तर पनि यस सिजनमा सन्दिपले अघिल्लो सिजनहरुमा जस्तै धेरै समय बेञ्चमा नै बिताउन पर्ने हुनसक्छ ।

दिल्लीमा पहिले नै लेग स्पिनरका रुपमा अमित मिश्रा रहेका छन् भने यस सिजन अश्विनलाई अफ स्पिनरको रुपमा ल्याएको छ भने पोन्टिङ्गको नजरमा स्पिन अलराउण्डर अक्षर पटेल रहनेछन् । तीन स्पिनर नै राखेको खण्डमा पनि दिल्लीले अर्को स्पिनर खेलाउने रिस्क लिन चाहदैन । सन्दिपको प्रतिस्पर्धा मिश्रासँगै, अश्विन र अक्षरसँग त हुनेछ नै सँगै चार बिदेशी खेलाडीको कोटामा पनि अर्को प्रतिस्पर्धा रहनेछ ।

सन्दिपले दुई सिजनमा गरेर दिल्लीबाट मात्र नौं खेल खेल्ने मौका पाएका थिए भने तेश्रो सिजनमा पनि उनले धेरै समय बेञ्चमा नै बिताउन पर्ने देखिन्छ ।

१. अजिंक्या राहाने

राहानेलाई दिल्लीले यसै सिजन आफ्नो टोलीमा समावेश गरेको हो । तर दिल्ली टोलीमा शिखर धवन र पृथ्वी स जस्ता ओपनर भएका कारण उनले ओपनिङमा स्थान पाउने सम्भावना निकै कम रहेको छ । केहि समय अघि राहानेले आफु ओपनिङ गर्ने गरेको भए पनि टोलीलाई आवश्यक परेको खण्डमा मध्यक्रममा फिनिसरका रुपमा खेल्नका लागि पनि तयार रहेको धारणा ब्यक्त गरेका थिए ।

तर दिल्लीमा बिदेशी खेलाडीहरुको संख्या धेरै रहेकोले उनलाई मध्यक्रममा खेल्दै भए पनि टोलीमा स्थान बनाउनका लागि पनि सहज हुने छैन । त्यसैले गर्दा उनले पनि धेरै समय बेञ्चमा नै बिताउन पर्ने देखिन्छ ।

Click to comment

Trending