Headline

ठूलो भिडन्तमा इटालीको सामना गर्दै नेदरल्याण्ड्स

Published

on

नेसन्स लिग अन्तर्गत मंगलबार दुई ठूला टिमहरुबीचको खेलमा नेदरल्याण्ड्सले इटालीको सामना गरिरहेको छ । यो दुवै टोलीको नेसन्स लिगमा दोस्रो खेल हुनेछ । पहिलो खेलमा नेदरल्यान्ड्सले पोल्याण्डलाई १-० ले हराएको थियो भने इटालीले फ्लोरेन्समा भएको खेलमा बोस्निया हर्जेगोविनाको बिरूद्ध १-१ को बाराबरी खेल्न पुगेको थियो ।

नेदरल्याण्डस् नेसन्स लिगको उद्घाटन संस्करणमा दोस्रो भए पनि यो सिजन भने ठुलो स्थान हात पार्ने दाउमा छ र मंगलबार हुने इटाली विरुद्धको खेल डच टोलीलाई निकै महत्वपूर्ण हुने देखिन्छ । इटालीका लागि भने खेल नजितेको खण्डमा पछी गार्हो स्थिती आउन सक्ने छ । खेलमा पराजित भएको खण्डमा इटाली पाँच अंकले पछाडी पर्नेछ ।

सन् २००० यता नेदरल्याण्ड्सले इटाली बिरूद्ध एउटा मात्र खेल जितेको छ । २००८ को युरो कपमा उसले इटालीलाई ३-० ले हराएको थियो ।

यी दुई टोली बिच अन्तिम खेल २०१८ मा भएको थियो । त्यो खेल १-१ को बराबरीमा सकिएको थियो । इटालीका लागि सिमोन जाझाले पहिलो गोल गरे पनि नेदरल्याण्ड्सले नथान एके मार्फत बराबरी गोल गरेको थियो ।

खेल नेपाली समय अनुसार  राति १२:३० मा सुरु हुने छ ।  यस्तै अन्य खेलहरुमा  काजख्स्थानले बेलारुस, चेक गणतन्त्रले स्कट्ल्यान्ड, अस्ट्रियाले रोमानिया र पोल्यान्डले बोस्निया हर्जेगोविनाको समाना  गर्ने छन् ।

 

Click to comment

Trending