Headline

महामारीपछिको पहिलो खेल प्रत्यक्ष्य हेर्दा थामिएन वुहान समर्थकको आशु

Published

on

कोरोना भाइरसको केन्द्रबिन्दु रहेको वुहानको चाइनिज सुपर लिग क्लब वुहान जालका प्रशंसकहरू महामारीयता आफ्नो टोलीको पहिलो खेलका लागि आईतबार रङ्गशालामा उपस्थित भए । आफ्नो टोलीले दुई गोलले पछि परेको स्थिति उल्टाउदै बराबरी गरेपछि आँसु थाम्न सकेनन् ।

कारीब ३०० वुहान जाल समर्थकले ७५० किलोमिटर यात्रा गर्दै आफ्नो टोलीको खेल हेर्न अर्को शहर सुझाउ पुगेका थिए । उपाधि दावेदार बेजिङ गुवान विरुद्ध अन्तिम तीन मिनेटमा दुई गोल गर्दै टोलीले समर्थकलाई निराश हुन दिएको थिएन ।

चाइनिज सुपर लिगले बिस्तारै सिमित संख्यामा दर्शकहरूको लागि रङ्गशाला खुल्ला गर्दै आएको छ । जुलाईमा बन्द रङ्गशालामा नयाँ सिजन सुरु गरे पनि अहिले भने धेरै क्लबले दर्शकलाई अनुमती दिने गरेका छन् । तर दर्शकले खेल हेर्नु भन्दा सात दिन अगाडि कोरोना टेस्ट पास गर्नु पर्ने नियम बनाईएको छ ।

चिनमा कोरोना भाईरसले सबै भन्दा क्षती पुगेको वुहानमा समर्थकहरुले रङ्गशाला बहिर कोरोना भाइरसविरुद्ध लड्न सहयोग गरेकोमा सबै सरकारलाई धन्यवाद लेख्दै ब्यानर पनि टासेका थिए ।

वुहान जालका समर्थकहरु निकै जोशमा देखिन्थे । रङ्गशाला भित्र प्रवेश गरे देखि उनीहरुले कराउन छोडेका थिएनन् । मध्यान्तरमा २-० ले पछाडि रहदा पनि वुहान जालका समर्थकहरुले क्लबको गीत गाउन र कराउन छोडेका थिएनन् । ब्राजिलियन लियो बाप्टिस्टाओ र आइभोरी कोस्टका जन इभार्ड कौसीले जाललाई खेलमा फर्काए पछि त अझै उनीहरुको आँसु थामिएको थिएन ।

“हामीसँग इमान्दार हृदय छ, आधि र छालहरूमा हामी सधैं एक रहन्छौं,” वुहान जालका समर्थकहरुको यो गीतले रङ्गशाला गुन्जायमान भएको थियो । महामारी रोकथामका उपायहरू अप्नाउदै एक मिटर (तीन फिट) को दुरी कायम गर्दै समर्थकहरुलाई राखिएको थियो ।

तर खेलको अन्तिममा जब टोलीले गोल गर्दै खेल बराबरीमा ल्याएको थियो, वुहानका समर्थकहरुले सामाजिक दुरी बिर्सदै एक अर्कालाई अङालो हल्दै, ड्रमको आवाजका साथ काँधमा काँध मिलाएर रुदै “वुहान ! वुहान !” चिच्याउदै कराएका थिए ।

खेल सकिए पछि सम्पूर्ण टिम र कोचिंग स्टाफ स्टेडियमको समर्थक भएको कुनामा पुग्दै ताली बजाउदै धन्यवाद दिएका थिए ।

“जब दुई विदेशी खेलाडीले गोल गरे र हामीले खेल बराबरी गर्यौँ, हामीले हाम्रो आसुँ थाम्न सकेनौँ,” गत वर्षको कोरोना भाइरस यता पहिलो पटक वुहानलाई छाडेका गाओ यजुनले भने ।

एकदमै उत्साहित वुहान जाल समर्थक उनको नङ पनि सुन्तला र सेतो रङले पोतिएको थियो भने मास्क र टाउको देखी खुट्टा सम्म क्लबको जर्सी लगाएका थिए । उनले आफ्नो टोलीको खेल हेर्न पाउने व्यग्रताका कारण निन्द्रा नलागेको पनि बताएकी थिइन् ।

“हामी आज निकै खुसी छौं, मलाई लाग्छ आज रात हामी फेरि सुत्न सक्दैनौं,” उनले भनिन् ।

कोरोना भाईरसका कारण पाँच महिना धकालिएको चाइनीज सुपर लिगको सबै खेल यस पटक दुई शहर सुझाउ र डालियानमा खेलाइने छ ।

 

Click to comment

Trending