Headline

जर्मनीको लगतार दोस्रो बराबरी,प्रशिक्षक लोउ निराश

Published

on

नेसन्स लिग अन्तर्गत आइतबार भएको खेलमा जर्मनीले स्विजरल्याण्डसँग १-१ को बराबरी खेलेको छ ।

लिग ए समुह ४ अन्तर्गत भएको खेलमा जर्मनीले फेरी एक पटक ३ अंक हात पार्ने मौका चुकाएको थियो । १४ औँ मिनेटमा जर्मनीका लागि महत्वपूर्ण गोल गर्दै इल्काइ गुन्डोगनले अग्रता दिलाएका थिए तर दोस्रो हाफको ५७ औँ मिनेटमा सिल्वान वाइडरले स्विजरल्याण्डका लागि बाराबरी गोल गरेका थिए ।

जर्मनीले दुई बर्ष अघि  नेशन्स लिगमा समुह चरणका चार खेल मध्ये कुनै पनि जित्न सकेको थिएन । यस पटक पनि जर्मन राष्ट्रिय टोलीले सुरुवातका दुई खेलहरू बाराबरी खेलिसकेको छ । युक्रेनमा आफ्नो पहिलो खेल गुमाएको स्विजरल्याण्डको यो खेलमा बाराबरीसँगै एक अंक छ ।

जर्मनीका प्रशिक्षक योआकिम लोउले आफ्नो टोलीको प्रदर्शन देखेर निराश भएको र खेल बाराबरीमा चित्त बुझाउनु परेको बताएका थिए ।

“हामीले दोस्रो गोलको लागि हाम्रा अवसरहरू लिएनौं र दोस्रो हाफमा स्विट्जरल्याण्डलाई बल नियन्त्रणमा राख्न दियौँ र अन्त्यमा टोलीको प्रदर्शन देखेर मैले बाराबरी गर्नु नै सही परिणाम हो सोँचे,”उनले भने ।

जर्मनीले आफ्नो पहिलो खेलमा स्पेनसँग पनि १-१ गोलको बाराबरी खेलेको थियो । जर्मनीको २ खेलमा २ अंक रहेको छ भने स्पेन ४ अंकका साथ लिग ए समुह ४ को शिर्ष स्थानमा रहेको छ ।

यस्तै अन्य खेलहरुमा रसियाले हंगेरीलाई ३-२ , वेल्सले बुल्गेरियालाई १-० , फिनल्याण्डले आयरल्याण्डलाई १-० र ग्रिसले कोसोभोलाई २-१ ले हराएका छन् ।

Click to comment

Trending