Headline

नम्बर वान जोकोभिचले आफूमाथिको नियन्त्रण गुमाउदा…..

Published

on

बिश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले खेलका दौरान आफ्नो नियन्त्रण गुमाउन गुमाउन पुग्दा युएस ओपनबाट हात धुनु परेको छ ।

आइतबार स्पेनका पाब्लो करेनो बुस्टाबिरुद्ध भएको चौथो चरणको खेलमा आफूले सर्भिस बिगार्दा ५–६ ले पछि परेपछि सर्बियन स्टारले खल्तीबाट बल निकाल्दै आफ्नो पछाडी प्रहार गर्दा एक महिला लाइन जजलाई घाटीमा लाग्न पुगेको थियो । लामो छलफल पछि जोकोभिचलाई प्रतियोगिताबाट निलम्बन गर्ने निर्णय गरिएको थियो ।

“परिणामाको कुनै परवाह नगर्दै लापरवाही पुर्वक कोर्ट भित्रै बल प्रहार गरेको कारण प्रतियोगिताको रेफ्रिले ग्राण्ड स्ल्याम नियमावली अनुसार नोभाक जोकोभिचलाई २०२० युएस ओपनबाट निलम्बन गरिएको छ,” युनाइटेड स्टेट्स टेनिस एशोसिएसनले एक बिज्ञप्तिमा लेखेको छ ।

जोकोभिचले फल स्वरुप युएस ओपनमा पाएको सबै र्यांकिङ्ग अंक गुमाउने छन् भने प्रतियोगिताका दौराना जितेका नगद पुरस्कारमा पनि कटौति गरिनेछ ।

कोरोना भाइरस महामारीपछि पहिलो पटक ग्राण्ड स्ल्याम प्रतियोगिता शुरु हुदा रोजर फेडेरर र राफेल नाडाल सहित अन्य धेरै टप सिड खेलाडीहरुले सहभागिता नजनाउदा जोकोभिचलाई प्रतियोगिताको प्रमुख दाबदेदार मानिएको थियो । २० औं बरियताका करेना बुस्टाबिरुद्धको खेलसम्म आइपुग्दा जोकोभिचले २०२० मा एक खेल पनि हारेका थिएनन् ।

अमेरिकामा जोकोभिचले १८ औं ग्राण्ड स्ल्याम उपाधि जित्ने थिए ।

Click to comment

Trending