Headline

फातीको किर्तिमानमा स्पेनको युक्रेन माथि गोलको वर्षा 

Published

on

अन्सु फातीको किर्तिमानी र सर्जियो रामोसको दुई गोलमा स्पेनले युक्रेनलाई नेसन्स लिगमा ४-० गोल अन्तरले पराजित गरेको छ ।
पहिलो पटक स्पेनको लागि सुरुवाती ११ मा स्थान बनाएका फातीले ३२औं मिनेटमा गोल गर्दै स्पेनको तर्फबाट सबैभन्दा कम उमेरमा गोल गर्ने किर्तिमान बनाएका हुन् । उनले १७ बर्ष तीन सय ११ बर्षको उमेरमा गोल गरेका हुन् ।
स्पेनको लागि पहिलो गोल रामोसले पेनाल्टी मार्फत गोल गर्दै १-० को अग्रता दिलाए । फातीले बललाई पोस्ट तर्फ लागेको अवस्थामा सेर्हिय क्रिभसोभले लडाए पछि स्पेनले पेनाल्टी पाएको हो ।  खेलको २९ औं मिनेटमा हेडर मार्फत गोल गर्दै रामोसले अग्रता दोब्बर बनाए । डेनियल ओल्मोले दिएको पास रामोसले सदुपयोग गरेका हुन् ।
सर्जियो रेगुइलियन डिबक्स भन्दा बाहिर दिएको बललाई युक्रेनी डिफेन्सलाई पछि पार्दै फातीले बललाई पोस्टको दिशा दिए । स्पेनलाई ३-० को अग्रता दिलाएका बार्सिलोनाका स्टार फातीले यससँगै सबैभन्दा कम उमेरमा गोल गर्ने किर्तिमान बनाएका हुन् ।
पहिलो हाफमा त्यस पछि कुनै गोल हुन सकेन र ३-० को अवस्थामा सकियो ।
दोश्रो हाफमा दुबै टोलीले अवसरहरु पाए पनि सदुपयोग गर्न नसक्दा गोल हुन सकेन । स्पेन ३-० को जित हात पार्ने संघारमा रहेको अवस्थामा फेरन टोरेसले खेलको ८४औं मिनेटमा गोल गरेर अग्रतालाई ४-० को अवस्थामा पुर्याए ।
स्पेन विरुद्ध निकै निरिह देखिएको युक्रेनले जम्मा दुई पटक मात्र आक्रमण गर्न सक्यो भने तीन प्रतिशत मात्र बलमा नियन्त्रण लिन सक्यो ।

Click to comment

Trending