राष्ट्रिय

सिपीएलमा सन्दिपको उत्कृस्ट बलिङ जारी

Published

on

क्यारेबियन प्रिमियर लिग (सिपीएल) अन्तर्गत नेपाली लेग स्पिनर सन्दिप लामिछानेले लगातार नवौं खेलमा विकेट लिन सफल भएका छन् । 

सेन्ट लुसिया जुक्स विरुद्धको खेलमा सन्दिपले जमैका तल्वाजको तर्फबाट चार ओभर बलिङ गर्दै एक मेडन ओभर सहित २० रन खर्चिएर एक विकेट हात पारे । जारी सिजन सन्दिपको यो पहिलो मेडन ओभर हो ।   

सन्दिपले आफ्नो पहिलो ओभरमा सात रन खर्चिएर एक विकेट हात पारे । सन्दिपको पहिलो ओभरको पाँचौं बलमा रकिम कर्नवालले छक्का प्रहार गरे भने त्यस लगत्तैको बलमा बोल्ड भए ।

दोश्रो ओभरमा निकै उत्कृस्ट बलिङ गर्दै सन्दिपले मात्र एक सिंगलमात्र खर्चिए । दोश्रो ओभरको पहिलो बलमा रोस्टन चेजले एक सिंगल लिए भने बाँकी पाँच बलमा नाजिबुल्लाह ज़द्रानले कुनै रन जोड्न सकेनन् । तेश्रो ओभरमा सन्दिपले मेडन ओभर गरे ।

सन्दिप आफ्नो चौथों ओभरमा भने महँगो साबित भए । उनको एकै ओभरमा जद्रानले एक चौका र एक छक्का प्रहार गरे । 

यससँगै सन्दिपले सिपीएलको समुह चरणको १० खेलमा नौं खेल खेल्दै १२ विकेट हात पार्न सफल भएका छन् । एक खेल भने वर्षाका कारण रद्द भएको थियो । 

सन्दिपले गायना एमेजन वारियर्स, बार्बाडोस ट्राइडेण्ट्स र सेन्ट किट्स विरुद्धको खेलमा समान २-२ विकेट हात पारेका थिए भने बार्बाडोस ट्राइडेण्ट्स, सेन्ट लुसिया जुक्स, गायना एमेजन वारियर्स तथा ट्रिन्बागो नाइट राईडर्स विरुद्दको दुबै खेलमा समान १-१ विकेट आफ्नो नाममा दर्ता गराएका थिए ।

जारी सिजनमा उनको सबैभन्दा राम्रो बलिङ प्रदर्शन भने गायना विरुद्धको खेलमा रहेको छ । उक्त खेलमा उनले चार ओभर बलिङ गर्दै मात्र आठ रन खर्चिएर दुई विकेट हात पारे । सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स विरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो ।

Click to comment

Trending