अन्तर्राष्ट्रिय

शृंखला माथि कब्जा जमाउन इंग्ल्यान्डलाई १५८ रनको मध्यम लक्ष्य

Published

on

अस्ट्रेलिया विरुद्धको दोश्रो ट्वान्टी ट्वान्टी खेलमा घरेलु टोली इंग्ल्यान्डले जितका लागि १५८ रनको मध्यम लक्ष्य पाएको छ ।

खराब सुरुवात गरे पनि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १५७ रनको अवस्था सम्म पुर्याउन सक्यो ।

आजको खेलमा अस्ट्रेलियाले निकै नै खराब सुरुवात गर्यो । ओपनर डेभिड वार्नर पहिलो ओभरको तेश्रो बलमा नै शुन्य रन बनाएको अवस्थामा जोफ्रा आर्चरको बलमा विकेट किपर जस बटलरको हातबाट क्याच आउट हुन पुगे । दोश्रो ओभरको पाँचौं बलमा दुई रन बनाएका एलेक्स केरी मार्क उडको शिकार भए ।

ओपनिङमा आएका कप्तान आरोन फ़िञ्चले तेश्रो विकेटका लागि स्टिभ स्मिथसँग मिलेर २७ रन जोड्दै अस्ट्रेलियाको पारी सम्हाल्ने प्रायस गरे । तर स्मिथ पनि १० रन बनाएको अवस्थामा रन आउट हुन पुगे ।

त्यस पछि ब्याटिङमा आएका मार्कस स्टोइनिससँग मिलेर कप्तान फ़िञ्चले चौथों विकेटका लागि ४९ रन जोडे । १० रनको अन्तरालमा ३३ बलमा ४० रन बनाएका फ़िञ्च मार्क उड र २६ बलमा ३५ रन जोडेका स्टोइनिस आदिल रशिदको बलमा आउट भए पछि अस्ट्रेलियाले १२ दशमलब छ ओभरमा ८९ रनमा पाँच विकेट गुमाएर दबाबमा आयो ।

ग्लेन म्याक्सवेल पनि १८ बलमा २५ रन जोडेर आउट भए भने एस्टन अगर र प्याट कमिन्स क्रमश २३ र अविजित १३ रनको पारी खेले ।

इंग्ल्यान्डका क्रिस जोर्डनले महँगो साबित भए पनि सर्वाधिक दुई विकेट लिए भने जोफ्रा आर्चर, मार्क उड र आडिल रशिदले पनि आफ्नो नाममा समान १-१ दर्ता गराए ।

तीन खेलको शृंखलामा इंग्ल्यान्ड १-० ले अघि रहेको छ । यस अघि भएको पहिलो ट्वान्टी ट्वान्टी खेलमा इंग्ल्यान्डले दुई रनको रोमान्चक जित हात पारेको थियो ।

Click to comment

Trending