Headline

आईपीएलको खेल तालिका सार्वजनिक 

Published

on

भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को खेल तालिका सार्वजनिक गरेको छ ।

यसै महिनाको १९ तारिखबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा गत वर्षको बिजेता मुम्बई इन्डियन्स र उपबिजेता चेन्नाई सुपर किंग्स बीच अबुधबी हुनेछ ।

भारतीय दर्शकलाई ध्यानमा राखेर आईपीएलले एउटा खेल भएको दिनमा खेल ७:३० बजे सुरु गर्नेछ भने दुईवटा खेल भएको दिन दिउँस ३:३० बजे र साँझ ७:३० बजे सुरु गर्नेछ ।

नेपाली रास्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले आफ्नो पहिलो खेल सेप्टेबर २० तारिखमा किंग्स ११ पन्जाब विरुद्ध खेल्ने छ ।

आईपीएलले हालको लागि समुह चरणको खेलको मात्र खेल तालिका सार्वजनिक गरेको छ । समुह चरणको अन्तिम खेल नोभेम्बर तीन तारिखमा हुनेछ ।

कोरोना भाइरसका कारण यस पटकको आईपीएल युएईमा संचालन हुँदैछ ।

आईपीएलको पूर्ण खेल तालिकाको लागि यहाँ क्लिक गर्नु होला

 

Click to comment

Trending