Headline

पोर्चुगलद्वारा बिश्वकप उपबिजेता क्रोएसिया ४–१ ले पराजित

Published

on

१० महिनाको ब्रेकका कारण केही खस्कदो देखिएपनि युरोपियन हेभिवेट्स इङ्गल्याण्ड, फ्रान्स, साबिक बिजेता पोर्चुगल र बेल्जियमले युएफा नेसन्स लिगमा आफ्नो शुरुवाती खेलहरु जितेका छन् ।

अतिरिक्त समयमा पाएको पेनाल्टीको मद्दतमा इङ्गल्याण्डले आइसल्याण्डलाई १–० ले हरायो भने बिश्वकप बिजेता फ्रान्सले पनि स्विडेनलाई त्यही गोल अन्तरले हरायो । क्रिष्चियानो रोनाल्डो अनुपस्थित रहेपनि पोर्चुगलले बिश्वकप उपबिजेता क्रोएसियालाई ४–१ को फराकिलो अन्तरले पराजित गर्यो । बेल्जियमले डेनमार्कलाई २–० ले हरायो ।

रेकजाभिकमा भएको खेलमा इङ्गल्याण्डका लागि रहिम स्टर्लिङ्गले पेनाल्टीमार्फत गोल गरेका थिए । खेलमा ह्यारी केनको गोललाई अफसाइड भन्दै मान्य दिइएको थिइएन भने २० मिनेट बाकी हुदा कायल वाकर दोश्रो पहेलो कार्ड खादै मैदान बाहिरिएका थिए ।

खेलभरि उत्कृष्ट डिफेण्डिङ्ग गरेको आइसल्याण्ड ८९ औं मिनेटमा भने चुक्न पुगेको थियो । स्टर्लिङ्गले प्रहार गरेको बललाई स्भेरिर इन्गासनले हातले राकेपछि दोश्रो पहेलो कार्ड पाउदै बाहिरिए भने इङ्गल्याण्डले पेनाल्टी पनि पाएको थियो ।

स्विडेनमा फ्रान्सको जितमा किलियन एमबाप्पेले खेलको एक मात्र गोल गरेका थिए । ४१ औं मिनेटमा एमबाप्पेले दुई डिफेण्डरलाई छक्काउदै गोल गरेका थिए ।

पोर्टोमा खुट्टाको बुढी औलाको चोटका कारण रोनाल्डो नखेलेपनि पोर्चुगलले क्रोएशियालाई स्तब्ध पार्यो । उसका लागि जाओ फेलिक्स, डिएगो जोटा, जाओ फेलिक्स र आन्द्रे सिल्भाले गोल गरेका थिए । पोर्चुगलको तीन प्रहार पोस्टमा नलागेको भए क्रोएसियाको हार अझै फराकिलो बन्ने थियो ।

क्रोएसियाको सबैभन्दा अनुभवी खेलाडीद्वय लुका मोड्रिच र इभान राकिटिच नखेलेको खेलमा एक मात्र गोल बु्रनो पेट्कोभिचले गरेका थिए ।

कोपनहेगनमा बेल्जियमले २–० को जित रच्दा डेनमार्क चार बर्षमा पहिलो पटक घरेलु मैदानमा पराजित भएको थियो । सन्यास लिइसकेका भिन्सेन्ट कोम्पानी र केभिन डि ब्रुनको अनुपस्थितिमा बेल्जियमका लागि जेसन डेनायर र ड्रायस मेर्टेन्सले गोल गरेका थिए ।

Click to comment

Trending