अन्तर्राष्ट्रिय

जमैका फेरी पराजित, सेमीफाइनलमा ट्रिन्बागोसँग भिड्ने पक्का

Published

on

क्यारेबियन प्रिमियर लिग (सिपीएल) अन्तर्गत नेपाली लेग स्पिनर सन्दिप लामिछानेले सम्मिलित जमैका तल्वाजले बार्बाडोस ट्राइडेण्ट्स विरुद्धको खेलमा विकेटको हारको सामना गरेको छ ।

यससँगै जमैकाले सेमीफाइनलमा ट्रिन्बागो नाइट राईडर्सको सामना गर्ने पक्का भएको छ । आजको खेलमा सात विकेटको हार ब्यहोरेको जमैकाको एक खेल बाँकी रहे पनि अंक तालिकाको चौथों स्थानमा रहने पक्का भएको छ भने जमैका पहिलो स्थानमा रहेको छ ।

जमैकाले नौं खेलमा तीन मात्र जित्न सफल भएको छ भने पाँच खेलमा हारको सामना गरेको छ । एक खेल भने वर्षाका कारण रद्द हुन पुगेको थियो ।

आजको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जमैका तल्वाजले २० ओभरमा चार विकेट गुमाएर १६१ रन बनाउन सक्यो भने जवाफी ब्याटिङ गरेको बार्बाडोसले १८ दशमलब दुई ओभर खेल्दै तीन विकेटको नोक्सानीमा जित हात पार्यो ।

यसै बिच आफ्नो टोलीले हारको सामना गरे पनि सन्दिपले लगातार आठौं खेलमा विकेट लिन सफल भएका छन् ।

बार्बाडोस ट्राइडेण्ट्स विरुद्धको खेलको चार ओभर बलिङ गरेका सन्दिपले २६ रन खर्चिएर एक विकेट हात पारे । सन्दिपले उत्कृस्ट ब्याटिङ गर्दै ४२ बलमा आक्रमक ६९ रन बनाएका जेसन होल्डरको विकेट लिन सफल भए । होल्डर सन्दिपको बलमा एलबिडब्लुको शिकार भएका हुन् ।

पहिलो ओभरमा नौं रन खर्चिएका सन्दिपले दोश्रो ओभरमा दुई सिंगल सहित मात्र दुई रन खर्चिए । उनको दोश्रो ओभरको पाँचौं बलमा अर्धशतक बनाएका जेसन होल्डरले ठुलो सट खेल्ने क्रममा बल मिस गरे पनि लेग स्टम्प भन्दा बाहिरबाट गयो र बोल्ड हुनबाट जोगिए ।

त्यस्तै तेश्रो ओभरमा पाँच रन खर्चिएका सन्दिपले एक विकेट पनि हात पारे । चौथों ओभरमा भने सन्दिपले एक छक्का सहित कुल १० रन खर्चिए ।

सन्दिपले गायना एमेजन वारियर्स, बार्बाडोस ट्राइडेण्ट्स र सेन्ट किट्स विरुद्धको खेलमा समान २-२ विकेट हात पारेका थिए भने सेन्ट लुसिया जुक्स, गायना एमेजन वारियर्स तथा ट्रिन्बागो नाइट राईडर्स विरुद्दको दुबै खेलमा समान १-१ विकेट आफ्नो नाममा दर्ता गराएका थिए ।

जारी सिजनमा उनको सबैभन्दा राम्रो बलिङ प्रदर्शन भने गायना विरुद्धको खेलमा रहेको छ । उक्त खेलमा उनले चार ओभर बलिङ गर्दै मात्र आठ रन खर्चिएर दुई विकेट हात पारे । सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स विरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो ।

Click to comment

Trending