Headline

उपलब्धिको चाङ्ग लगाएपछि मात्र उत्कृष्ट मानिएका लुका मोड्रिच

Published

on

क्रोएसियाको जादारमा एक्कासी अलार्म बज्न थाल्छ । आठ बर्षिय लुका मोड्रिच लुक्नका लागि दगुर्छन् । खुट्टा देखि टाउको सम्म सबै फुटबलको किट लगाएका मोड्रिच काखी तल बल च्याप्दै कुद्छन् ।

जब उनी भूमिगत आश्रयमा सुरक्षित बसिसकेका हुन्छन् बाकी साथीहरु उलनाई पछ्याउदै त्यतै आउछन् । मोड्रिच साथीहरुलाई कुरिरहेका हुन्छन् । कहिले काही मिनेट, प्रायः घण्टौं र कहिले रात भर भुँइमा सुत्नु र बमबारी सकिएर शान्त नभएसम्म बंकरबाट बाहिर ननिक्लनु, मोड्रिचको जीवन यस्तै थियो । तर उनीसँग सधैं उनको बल भने काखी मुनी नै रहन्थ्यो ।

“मसँग फुटबल सधैं हुन्थ्यो,” मोड्रिच सम्झन्छन् । “भुमिगत आश्रयमा नै किन नहोस् मैले फुटबल सधै आफूसँगै लगे । आफ्ना साथीहरु मात्र नभएर सबैसँग खेल्थे । मैले धेरै खेलहरु आयोजना गरे । फुटबल मेरो लागि सबै कुरा थियो ।”

क्रोएसियाली स्वतन्त्रता युद्धले उनको परिवारलाई १९९१ मा घर छोड्न बाध्य बनायो । उनी आफ्नो जादरमा रहेको जन्म घर छोड्दै सात बर्ष होटल कोलोभारेमा शरण लिएर बसेका थिए । “मैले होटल र त्यहाका मान्छेहरुको गाडीका धेरै सिसा फुटाए । सबैजना मसँग रिसाउथे, उनी भन्छन् । मेरो बुवाले यसको लागि तिर्नुप¥यो । फुटबल खेल्नु निकै निकै महँगो भयो ।

“मलाई डर के हो राम्ररी थाहा छ,“ उनी भन्छन् । “हामी जब फुटबल खेलिरहेको हुन्थ्यौं त्यसपछि अलार्महरु बज्न थाल्थ्यो । यो दैनिकी बनिसकेको थियो,” निडर मोड्रिच सम्झन्छन् ।

दुई दशक भयो अझै पनि मोड्रिचसँग बल खोस्ने आँट कमैले गर्छन् । प्रतिद्वन्दीलाई मैदान भरी घुमाउन र उनीहरूको राणनितीलाई बिफल पार्न सक्ने रियल म्याड्रिडका प्लेमेकर मोड्रिचलाई उनको क्रोएसियन टोलीका साथी इभान रकिटिचले पनि आफ्नो पोजिसनको सबैभन्दा उत्कृष्ट खेलाडी बताउदै आएका छन् ।

मोड्रिचले गत महिना मात्र प्रकाशित ‘माइ गेम’ नमक आफ्नो आत्मकथामा आफु निकै शान्त र निडर भएको लेखेका छन् । “लजालु छु तर डराउँदैन,” उनी लेख्छन् । उनी निकै निडर छन् । उनलाई फुटबल मैदानमा सबैभन्दा गर्न मन लाग्ने कुरा के हो भनेर सोध्दा आफ्नो कद र जिउडाल बिपरित अप्रत्याशित उत्तर दिदै ‘ट्याकल’ भन्छन् ।

उनले अहिलेको जस्तो चर्चा त्यत्तिकै कमाएका भने होइनन् । रियल म्याड्रिडमा पहिलो सिजन खेल्दा समर्थकहरुले उनलाई खराब ट्रान्स्फरको रुपमा हेरेका थिए तर समय बित्दै गयो र अहिले लुका मोड्रिच म्याड्रिडका मुटु हुन पुगेका छन् ।

मोड्रिच भन्छन्ः “मलाई लिएर धेरै नै शंका हुने गर्दथ्यो । मेरो गुण, खेल्ने शैली, शरिरको बनावटलाई लिएर त कहिल्यै पनि उत्कृष्ट हुन सक्दैनस भन्थे । तर यसले मलाई असर गर्नुका साटो उत्प्रेरित गरेको थियो ।”

“धेरै व्यक्तिहरुले अरुहरुलाई नबुझेरै निष्कर्षमा पुग्ने गर्छन् । सामाजिक सन्जालको दुनिया भएकोले यो अझै बढी छ । त्यसैले मैले सामाजिक सन्जाल नै हेर्न छोडिसके । मेरो आफ्नै सर्कल छ र म जहिल्यै आफूलाई सकारात्मक राख्छु । मेरो बारेमा गरिएको सर्वेक्षण मलाई राम्ररी याद छ । त्यो समय मलाई राम्रो लागेको थिएन तर मलाई आफूमा बिश्वास थियो । म रियलको ठूलो खेलाडी हुने प्रमाणित गरेर देखाउने आत्मबिश्वासका साथ अघि बढेको थिए ।”

सामाजिक सञ्जालमा भएको एक सर्वेक्षणमा रियल समर्थकहरुले उनको आगमनलाई राम्रो अंक दिएका थिएनन् तर उनीसँग अहिले दुई ला लिगा, चार च्याम्पियन्स लिग, एक बालोन डि ओर र २०१८ को बिश्वकपको उत्कृष्ट खेलाडीको पुरस्कार छ । मोड्रिच प्रेरित क्रोएसिया रुसमा भएको बिश्वकपको फाइनल पुगेको थियो ।

रुसमा बिश्वकप उपविजेता बन्दा ३२ बर्षका भइसकेका मोड्रिच आफ्नो पुस्तामा सबैभन्दा पछि फक्रिएका खेलाडी भएको कारण नै उनको ढिलो सराहना पुगेको थियो ।

युरो कपमा आँखा

“मानिसहरू जहिले पनि धेरै गोल गर्ने वा असिस्ट दिने खेलाडीमा ध्यान दिने गर्छन् । अझै खेलहरु नहेर्नेहरुको लागि त झन गोल र असिस्ट नगरेका खेलाडीहरुतर्फ ध्यान दिन उनीहरुलाई अझै बढी समय लाग्छ,” मोड्रिच मान्छन् ।

“अहिलेको अवस्थामा डेभिड सिल्भा र विगतमा जाभी (हर्नान्डेज), आन्द्रेस इनिएस्टा जस्ता खेलाडीहरु नहुदा खेल सञ्चालन नै हुन सक्दैन । तर मलाई लाग्छ समय बित्दै जादा मान्छेले राम्रो खेलाडी चिन्न थाल्छन् । कहिले काही मानिसहरुलाई खेलाडी चिन्न समय चाहिन्छ । अन्ततः मैले बालोन डी’ओर र युएफाका बर्ष खेलाडी जिते र अहिले मानिसहरूले मलाई याद गर्दै छन् ।”

म्याड्रिडमा अझै एक बर्ष बस्न बाँकी रहेका मोड्रिच सम्झौता सकिदासम्म ३६ बर्षको हुनेछन् । तर पनि उनी अझै म्याड्रिड चाहन्छ भने बस्न तयार छन् । “टोटनह्याममा मैले चार बर्ष रमाइलोसँग बिताए । म त्यहा अझै पनि सम्पर्कमा छु । टोटनह्यामले मलाई विकास गर्न धेरै मद्दत गरेको हो । म अझै त्यो क्लबलाई पछ्याउँछु । उनीहरूको नतीजाहरू हेर्दछु, जितोस भन्ने चाहान्छु । त्यो समय हामी इङ्गल्याण्डमा सबैभन्दा राम्रो फुटबल खेल्थ्यौं,” उनी भन्छन् ।

अर्को बर्ष पनि मोड्रिच क्रोएसियाका लागि खेल्न चाहन्छन् । उनी यो बर्ष स्थगित भएको यूरो २०२० मा खेल्न सक्छन् तर विश्वकपका लागि भने अहिले नै बिश्वस्त हुन सक्ने स्थितिमा छैनन् । “म विश्वकपको बारे अहिले नै त केही भन्न सक्दिन । युरो त खेल्ने नै हो । कतार चाँही हेरौं ।

लुका मोड्रिचको आत्मकथा ’माई गेम’ अगष्ट २० मा युके, फ्रान्स र स्पेनमा रिलिज भएको थियो ।

Click to comment

Trending