Headline

रोनाल्डोले किर्तिमानी १ सयौं गोलको लागि कुर्नु पर्न सक्ने

Published

on

नेसन्स लिग अन्तर्गत शनिबार राती हुने क्रोएसिया विरुद्धको खेलमा पोर्चुगिच स्टार फुटबलर क्रिष्चियानो रोनाल्डो मैदानमा उत्रने सम्भावना न्युन रहेको छ ।

रोनाल्डोको बुढी औंलामा इन्स्फेक्सन भए पछि शनिबार घरेलु मैदानमा हुने खेल नखेल्ने सम्भावना रहेको हो । प्रशिक्षक फर्नान्डो सान्तोस पनि रोनाल्डो मैदानमा उत्रनेमा बिश्वस्त छैनन् । “उनी मैदानमा उत्रने या नउत्रने बिषयमा म अझै पनि बिश्वस्त हुन सकेको छैन,” सान्तोसले भने । “बुढी औंलामा समस्याका बावजुद उनले गत सोमबार र मंगलबार टोलीसँगै अभ्यास गरे । तर बुधबारबाट उनको दुखाई सुरु भयो ।”

“शुरुमा हेर्दा माहुरीले टोकेको जस्तो देखिन्थ्यो । तर पछि संक्रमण देखियो । हामीले तत्कालै डाक्टरहरुको सल्लाहमा औषधी दिएका छौँ र रोनाल्डो समयमा नै ठिक हुन्छन् भन्नेमा आशावादी छौं । तर अझै पनि केहि भन्न सकिने अवस्था छैन । हामी उनको घाउ कस्तो हुन्छ भनेर हेर्दैछौं ।”

३५ बर्षिय रोनाल्डो एक सय अन्तर्राष्ट्रिय गोल गर्ने संघारमा पनि रहेका छन् । आज मैदानमा नउत्रेको खण्डमा १०० भन्दा धेरै अन्तराष्ट्रिय गोल गर्ने दोश्रो खेलाडी बन्नका लागि रोनाल्डोले केहि समय कुर्न पर्ने हुन्छ ।

पोर्चुगलको तर्फबाट सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने किर्तिमान बनाएका रोनाल्डोले पछिल्लो पटक लक्जेम्बर्गबिरुद्धको मैत्रीपूर्ण खेल खेलेका थिए ।

Click to comment

Trending