Headline

नेसन्स लिगमा इटालीको खराब प्रदर्शन, बोस्नियासँग बराबरीमा रोकियो

Published

on

नेसन्स लिग अन्तर्गत शुक्रबार राती सम्पन्न खेलमा इटालीले बोस्निया हर्जगोभिनासँग बराबरी खेल्न बाध्य भएको छ । १-१ गोलको बराबरीसँगै इटालीको नेसन्स लिगमा लगातार ११ खेल जित्ने किर्तिमानमा पूर्ण बिराम लाग्न पुगेको छ ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोश्रो हाफको १२ औं मिनेटमा एडिन जेकोको गोलमा बोस्निया हर्जगोभिनाले १-० को अग्रता लियो । तर त्यसको १० मिनेट पछि नै स्टेफानो सेन्सीले गोल गर्दै १-१ को स्थितीमा पुर्याए । त्यसपछि कुनै गोल हुन सकेन ।

५७ औं मिनेटमा पाएको कर्नरको सदुपयोग गर्दै बोस्निया हर्जगोभिनाले पहिलो गोल गरेको हो । टोनि सुनिकले डेन्जर जोनमा हेडर मार्फत जेकोलाई बल पास दिए । कुनै पनि खेलाडीले मार्क नगरेको मौकाको फाइदा उठाउँदै जेकोले बललाई पोस्टको दिशा देखाए ।

बोस्निया हर्जगोभिनाले गोल गरेको १० मिनेट पश्चात अर्थात् खेलको ६७औं मिनेटमा लोरेन्जो इन्सिग्नेले दिएको पासको सदुपयोग गर्दै सेन्सीले गोल गर्दै इटालीको हार टारे ।    खेलमा इटालीले दबदबाब कायम गरे पनि पाएको अवसरलाई गोलमा परिणत गर्न सकेन ।

इटालीले नेसन्स लिगमा आफ्नो दोश्रो खेल सोमबार नेदरल्याण्ड्सको सामना गर्नेछ भने बोस्निया हर्जगोभिना पोल्याण्डसँग भिड्ने छ ।

Click to comment

Trending