अन्तर्राष्ट्रिय

इंग्ल्यान्डको रोमान्चक जित, अस्ट्रेलिया दुई रनले पराजित 

Published

on

घरेलु टोली इंग्ल्यान्डले अस्ट्रेलिया विरुद्धको पहिलो ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलमा दुई रनको रोमान्चक जित हात पारेको छ । यस जितसँगै इंग्ल्यान्डले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।

जितका लागि १६३ रनको मध्यम लक्ष्य पक्ष्याएको अस्ट्रेलियाले २० ओभरमा छ विकेट गुमाएर मात्र १६० रन बनाउन सक्यो ।

अस्ट्रेलियाका ओपनरद्वय डेभिड वार्नर र आरोन फ़िञ्चले पहिलो विकेटका लागि १० दशमलब छ ओभरमा ९८ रन जोड्दै आक्रमक सुरुवात दिए । तर त्यस पछिका ब्याट्सम्यानहरुले अवस्य साझेदारी गर्न नसक्दा अस्ट्रेलियाले हारको सामना गर्न पर्यो ।

जोफ्रा अर्चरको बलमा आउट हुनु अघि वार्नर र फ़िञ्चले क्रमश ४७ बलमा ५८ तथा ३२ बलमा ४६ रन जोडे । त्यस पछि आएका स्टिभ स्मिथ १८ तथा ग्लेन म्याक्सवेल एकै ओभरमा आदिल रशिदको शिकार भए पछि इंग्ल्यान्ड जितको संघारमा पुग्यो ।

अन्त्य तिर मार्कस स्टोइनिसले १८ बलमा २३ रन जोडे पनि अस्ट्रेलियालाई जित भने दिलाउन सकेनन् ।

इंग्ल्यान्डका आदिल रशिद र जोफ्रा आर्चरले समान २-२ विकेट हात पारे ।

यस अघि खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा सात विकेट गुमाएर १६२ रन बनायो ।

तुफानी सुरुवात गरेको इंग्ल्यान्डको तर्फबाट दाविद मालानले सर्वाधिक ६६ रन जोडे भने जस बटलरले पनि ४४ रनको आक्रमक पारी बाहेक अन्य ब्याट्सम्यानले राम्रो योगदान दिन नसक्दा ठुलो योगफल बनाउनबाट चुक्यो ।

ओपनिङ्मा आएका विकेट किपर ब्याट्सम्यान बटलरले पहिलो विकेटका लागि अर्का ओपनर जोनी बेरस्टोसँग मिलेर तीन दशमलब चार ओभरमा ४३ रनको साझेदारी गरे । ४३ रन मध्य बटलरले ३४ रन जोड्दा प्याट कमिन्सको बलमा आउट भएका बेरस्टोले भने मात्र आठ रन रन जोड्न सके ।

बटलरले मालानसंग मिलेर इंग्ल्यान्डको पारी सम्हाल्ने कोशिस गरे २९ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै अर्धशतक बनाउन चुक्दै एस्टन अगरको शिकार भए ।

इंग्ल्यान्डका कप्तान ओईन मोर्गन पाँच, टम बान्टन आठ, मोइन अली दुई, टम कुर्रान छ रन बनाएर पेभेलियन फर्किय पनि मालानले एक छोडबाट पारी सम्हाल्दै बसे । खेलको म्यान अफ द म्याच मालानल १९औं ओभरमा केन रिचार्डसनको बलमा क्याचआउट हुनु अघि ४३ बलमा पाँच चौका र तीन छक्काको मद्धतमा ६६ रन प्रहार गरे ।

पछिल्लो तीन ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलमा मालानको यो दोश्रो अर्धशतक हो । उनले पाकिस्तान विरुद्धको दोश्रो ट्वान्टी ट्वान्टीमा अविजित ५४ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै १४औं खेलमा उनको यो सातौं अर्धशतक हो ।

अस्ट्रेलियाका एस्टन अगर, केन रिचार्डसन र ग्लेन म्याक्सवेलले समान २-२ विकेट हात पारे ।

अस्ट्रेलिया र इंग्ल्यान्ड बीचको दोश्रो ट्वान्टी ट्वान्टी खेल आइतबार हुनेछ ।

Click to comment

Trending