Headline

बार्साका सुवारेज युभेन्टसमा, चिर प्रतिद्वन्दी रोनाल्डो अब साथी

Published

on

बार्सिलोना फर्वार्ड लुइस सुवारेजले युभेन्टससँग सम्झौता गर्न सहमत भएको बीबीसीका गियेम बालागेले बताएका छन् । उनी फ्री ट्रास्न्फर वा बार्सिलोनासँग केही सल्लाहमा रिलिज क्लज राख्दै थोरै शुल्कमा युभेन्टस जान लागेका हुन् ।

उरुग्वेका स्ट्राइकर समेत रहेका सुवारेजले युभेन्टसमा एक बर्षको सम्झौता गर्ने छन् । युभेन्टसले सम्झौतामा २०२०-२१ को सिजन उनले सिजनमा ६० प्रतिशत मात्र खेल खेलेमा अझै एक बर्ष थप्न मिल्ने शर्त राखेको छ । बार्सिलोनासँग अझै एक बर्षको सम्झौता बाँकी भए पनि क्लबले उनलाई फ्री एजेन्टको रुपमा बेच्न लागेको हो ।

इटालियन मिडियाहरुको अनुसार सुवारेजले इटालीमा खेल्न त्यहाको नागरिकताको लागि परिक्षा पास गर्नु पर्ने छ । तर उनले यो परिक्षा उनको पत्नीको इटालियन पास्पोर्ट देखाउदै टार्न सक्नेछन्। उनीसँग उरुग्वेको पासपोर्ट रहे पनि इटालीमा प्रमाणित मनिदैन।

बार्सिलोनाले नराख्ने भए पछि ३३ बर्षिय सुवारेज आफ्नो साथी लियोनल मेस्सी जस्तै नयाँ क्लबको खोजीमा थिए । तर अब भने सुवारेजले मेस्सीका चिर प्रतिद्वन्दी क्रिष्चियानो रोनाल्डोसँगै खेल्ने छन् ।

सुवारेज २०१४ मा लिभरपुलबाट बार्सिलोना आएका थिए। उनले बार्सिलोनाका लागि २८३ खेल खेल्दै १९८ गोल गरिसकेका छन् ।

 

Click to comment

Trending