Headline

कोस्टालाई कोरोना

Published

on

स्पेनिस टोलीका फर्वार्ड डिएगो कोस्टालाई कोरोना भाईरसको संक्रमण देखिए पछि सेल्फ आइसोलेसनमा बसेको एट्लेटिको म्याड्रिडले जनाएको छ ।

स्पेनी क्लबले बिहीबार अन्तर्राष्ट्रिय खेल नभएको खेलाडीहरुमा प्रि-सिजन सुरु गर्नका लागि परिक्षणहरु गरेको थियो । त्यही परीक्षणमा कोस्टा र टोलीका अर्का खेलाडी सान्टियागो एरियसमा पनि कोरोना पोजेटिभ देखिएको क्लबले जनाएको छ ।

“आज, २०२०/२११ सत्र फेरि सुरु गर्नु अघि एट्लेटिको डे म्याड्रिडले आफ्नो प्रशिक्षण कम्प्लेक्समा कोरोना भाईरसका लागि टेस्ट लिइएको थियो । क्लबले अन्तर्राष्ट्रिय खेलहरुमा संलग्न नभएका खेलाडीहरुको परीक्षण गरिएको थियो।” एट्लेटिकोले एक विज्ञप्तिमा भनेको छ।

“छुट्टी मनाएर फर्किएका डिएगो कोस्टा र सान्टियागो एरियासलाई कोरोना पोजेटिभ देखिएको छ । दुबै खेलाडीहरूलाई कुनै लक्षण नदेखिए पनि ला लिगाले पलना गर्न लगाएका सबै प्रोटोकल र उपायहरूको पालना गर्दै घरमै बसिरहेका छन् ।

नयाँ ला लिगा सिजन सेप्टेम्बर ११ मा शुरू हुने  छ ।  एट्लेटिकोले आफ्नो पहिलो खेल भने २७ सेप्टेम्बरमा ग्रानडासँग खेल्ने छ ।

Click to comment

Trending