अन्तर्राष्ट्रिय

सेन्ट किट्स र जमैका बीचको खेल रद्द 

Published

on

क्यारेबियन प्रिमियर लिग (सिपीएल) अन्तर्गत नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित जमैका तल्वाज र सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स बीचको खेल रद्द भएको छ ।

लगातारको वर्षाका कारण मैदानमा पानी जमेका कारण खेल रद्द भएको हो । खेल रद्द भए पछि दुबै टोलीले १-१ अंक बाढेका छन् ।

आठ खेलमा तीन जित र चार हार तथा एक खेल रद्द भए पछि जमैका सात अंकका साथ अंक तालिकाको चौथों स्थानमा रहेको छ । आजको खेलमा एक अंक मात्र हात पारे पछि जमैकाले सेमीफाइनलमा स्थान बनाउनका लागि अब बाँकी दुई खेल मध्य एकमा जित निकाल्नै पर्ने हुन्छ । अथवा बार्बाडोस ट्राइडेण्ट्सले दुबै खेलमा पराजित हुन पर्नेछ ।

खेलमा टस हारेर पहिले सेन्ट किट्सले पाँच दशमलब चार ओभरमा बिना विकेटको नोक्सानीमा ४६ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । तर त्यस पछि कुनै खेल हुन सकेन ।

सिपीएलको जारी सिजनमा सन्दिपले सात खेलमा १० विकेट हात पार्न सफल भएका छन् । सन्दिपले विकेट मात्र हैन निकै किफायती बलिङ पनि प्रदर्शन गरेका छन् । २८ ओभर बलिङ गरेका उनले चार दशमलब आठ पाँच प्रति ओभरमा १३६ रन खर्चिएका छन् ।

सन्दिपले गायना एमेजन वारियर्स, बार्बाडोस ट्राइडेण्ट्स र सेन्ट किट्स विरुद्धको खेलमा समान २-२ विकेट हात पारेका थिए भने सेन्ट लुसिया जुक्स, गायना एमेजन वारियर्स तथा ट्रिन्बागो नाइट राईडर्स विरुद्दको दुबै खेलमा समान १-१ विकेट आफ्नो नाममा दर्ता गराएका थिए ।

जारी सिजनमा उनको सबैभन्दा राम्रो बलिङ प्रदर्शन भने गायना विरुद्धको खेलमा रहेको छ । उक्त खेलमा उनले चार ओभर बलिङ गर्दै मात्र आठ रन खर्चिएर दुई विकेट हात पारे ।

Click to comment

Trending